काठमाडौं । तेस्रो मुलुकबाट आयात गरी भारततर्फ केराउ, मरिच, छोगडा र मरिच तस्करी गर्नेहरूको समूहले १ नम्बर र २ नम्बर प्रदेशका नाकामा केही मात्र कडाई भएपछि लुम्बिनी प्रदेशको नवलपरासी नाकाबाट तस्करी गर्न थालेका छन् । नवलपरासी सुवास हरिजन, अशोक बानियाँ, रमानन्द गुप्ता, महेन्द्र ठाकुरहरूले केराउ र मरिच तस्करी गरिरहेको खबर छ । महेशपुर र गेर्मा नाकाबाट अहिले पनि केराउ, मरिच र छोगडा तस्करी निर्बाध हुँदैआएको छ । महेशपुरबाट हुने तस्करीको बारेमा समाचार आएपछि बसहियाको गेर्मा नाकालाई बढी प्रयोग गर्दैआएका छन् ।
तस्करहरू हरिजन, बानियाँ गुप्ता र ठाकुरहरूलाई सई पुस्कर कार्की, असई सन्तोष रायमाझी र हवल्दार कर्मुला धोवीले सहयोग गर्दैआएको सुरक्षा स्रोत बताउछ । सई कार्की ११ बर्षदेखि गेर्मा नाकामा कार्यरत छन । उनको दरबन्दी पनि त्यहाँ होइन । तर प्रदेशको डीआइजी कार्यालयसम्म सेटिङ गरी उनी नाकामा कार्यरत रहन सफल भएको स्रोत बताउछ । उनको काम नै तस्करीमा सहजीकरण गर्ने हुँदैआएको छ । असई रायमाझी १२ बर्षदेखि महेशपुर र बसहिया नाकामा कार्यरत छन् । धोबी पनि त्यहाँ कार्यरत रहेको बर्षौं भइसकेको छ । सई कार्की, असई रायमाझीको सेटिङ नवलपरासीका एसपी अजय केसीसम्म रहेको छ ।
महेशपुर सीमा प्रहरीका इन्स्पेक्टर टोपेन्द्र बुढामगरसँग पनि यी इन्स्पेक्टरको सेटिङ मिलाइदिने काम पनि सई कार्कीले गरेका छन् । एसपी केसीलाई नवलपरासीमा लगेर केराउ, सुपारीदेखि मदिरासम्म तस्करी सुचारु गराउने कार्यमा नवीनराज बस्नेत लागेका थिए । उनकै जोडबलमा केसी नवलपरासी सरुवा हुन सफल भएका हुन् । केसी नवलपरासी सरुवा भइसकेपछि बस्नेतको अधिकांश समय परासीमै बित्ने गरेको छ । नवीन बस्नेत, रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र ठाकुर र एसपी केसीबीच बारम्बार भेट हुने गरेको प्रहरी स्रोत बताउछ ।
नवीनराज बस्नेत जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी नेपाल)का सांसद डा. सुरेन्द्र यादव अपहरणकाण्डमा संलग्न रहेका थिए । रक्तचन्दन तस्करीमा समेत मुछिएका बस्नेत पछिल्ला दिनमा अनलाइन नै संचालन गर्छु भन्दै हिंड्ने गर्दछन् । मिडिया संचालन गरेर आफ्नो गोरखधन्दामा आँच आउन नदिने दाउमा रहेको उनी निकट प्रहरी चर्चा गर्दछन् । नवीन बस्नेत र एसपी केसीबीच विगत केही बर्षयता घनिष्ट सम्बन्ध रहिआएको स्रोत बताउछ । २०७७ बैशाखमा महोत्तरीमा सांसद यादवलाई लिन जाने टोलीमा नवीन बस्नेत पनि संलग्न थिए । त्यो समूहमा उनी गएको तस्विर नै मिडियामा सार्वजनिक भइसकेको छ ।
सीमा क्षेत्रमा बढ्दो तस्करी र १२ वर्षदेखि एकै स्थानमा बस्न सफल नेपाल प्रहरीका रैथाने जनियर अधिकृतहरूको गरेका छन् । सीमा क्षेत्रको डिउटीमा खटिएर प्रहरी र प्रहरी हेडक्र्वाटरको बद्नाम गर्नेहरूका सम्बन्धमा भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चासो लिनु पर्ने माग प्रहरीहरूकै रहेको छ । शक्ति केन्द्र र घुसको चलखेलले कारण १०÷१२ वर्षसम्म कतै सरुवा नभई एकै स्थानमा रहनुको रहस्यको बारेमा पनि प्रहरी हेडक्वार्टरले तत्काल छानविन र कारवाही गरे मात्रा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुद्धिकरण अभियान सफल हुन सक्छ ।
प्रतिकृया दिनुहोस