• शुक्रबार-बैशाख-१४-२०८१

सैनिकको उचाई अनुसार तलब

 

इतिहासमा कयौं राजाहरू उनीहरूको विचित्र शैलीका कारण चर्चामा रहने गर्दथे । कयौं राजा उदारताका लागि चिनिन्थे भने कतिपय क्रुरताका कारण चर्चित थिए । यस्तै थिए एक सनकी राजा जसले आफ्ना सैनिकलाई उनीहरूको उचाई अनुरुप तलब दिने गर्दथे ।

 

प्रसिया राज्यका राजा फ्रेडरिक विलियम प्रथमले सन् १७१३ देखि १४० वर्षसम्म शासन चलाएका थिए । सन् १९३२ मा प्रसिया जर्मनीमा विलय भएको थियो । विलियमलाई शान्त र दयावान राजा मानिन्थ्यो, तर सेना विस्तारको मामिलामा यी राजा निकै शौखिन थिए । ३८ हजार सैनिक रहेको प्रसियामा विलियम राजा बनेलगत्तै सैनिकको संख्या ८३ हजार पु¥याएका थिए ।

 

यो राज्यमा अग्ला सैनिकहरूको एउटा अलगै रेजिमेन्ट थियो, जसलाई पोट्सड्याम जायन्ट्स नामले चिनिन्थ्यो । यो रेजिमेन्टमा सबै सैनिकहरू ६ फिटभन्दा अग्ला थिए । राजा फ्रेडरिकको सेनामा एक सैनिक थिए जेम्स किर्कलेन्ड, जसको उचाई सात फिट एक इञ्च रहेको थियो । यतिमात्र नभई उनी यस्ता सनकी राजा पनि थिए कि उनले अग्ला सैनिकहरूलाई महलमा बोलाएर नाचगान गर्न लगाउँथे ।

 

अझै भनिन्छ फ्रेडरिकले अग्ला महिला सैनिकहरूलाई जबर्जस्ती सम्बन्ध बनाउनका लागि बोलाउने गर्दथे, जसकारण उनको बच्चा अग्लो जन्मियोस् । सन् १७४० मे ३१ मा राजा फ्रेडरिकको निधन भएको थियो । सन् १८०६ मा उनका छोरा फ्रेडरिक ग्रेटले उक्त रेजिमेन्ट खारेज गरी सबै सैनिकलाई समान सेनाको दर्जा कायम गरेका थिए । 

प्रतिकृया दिनुहोस