• शनिबार-बैशाख-१५-२०८१

थप एक कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । 

सिराहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

 बिहीबार अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो । रगतको समेत कमी देखिएका उनको कोरोना परीक्षण गरिएकोमा बिहीबार नै रिपोर्ट पोजेटिभ आएको थियो । 


बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो । मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या योसँगै ९ पुगेको छ । तीमध्ये ६ जनाको कोशी अस्पतालमा मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस