• शनिबार-बैशाख-१५-२०८१

माउन्टेन टेलिभिजनसहित ५ सञ्चारमाध्यम कालोसूचीमा 

काठमाडौं । छापा तथा विद्युतीय सञ्चारमाध्यमको नियामककारी निकाय प्रेस काउन्सिल नेपालले १ टेलिभिजन र ४ अनलाइनलाई कालोसूचीमा राखेको छ । काउन्सिलले ०७७ वैशाखयता ५ सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखेको हो । 

माउण्टेन टेलिभिजनलाई बिहीबार मात्रै कालोसूचीमा राखिएको छ ।  पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईसँग सम्बन्धित सामग्री प्रसारणमा भएको त्रुटि सच्याउन दिएको निर्देशन अवज्ञा गरेपछि माउण्टेनलाई कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ । 

 

त्यस्तै, कोशीपाटी डटकम पनि काउन्सिलको अवज्ञकारी÷कालोसूचीमा परेको छ । काउन्सिलले ०७७ साउन २७ गते एक निर्णय गर्दै कोशीपाटीलाई कालोसूचीमा राखेको हो । ०७७ वैशाख, जेठ र असारमा पनि एक÷एक अनलाइन कालोसूचीमा परेका छन् । काउन्सिलको खराब सूचीमा सूचीकृत हुने अनलाइनमा साझान्युज डटकम, कामनान्युज डटकम र मकालुखबर डटकम छन् । 

प्रतिकृया दिनुहोस