• बिहीबार-चैत-१५-२०८०

एकनाले भरुवा बन्दुक सहित पक्राउ


पाल्पा, १७ साउन : रैनादेविछहरा गाउँपालिका-६ गुहारठाना बस्ने २१ वर्षीय तिलक बहादुर रास्कोटीलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी चौकी बल्डेङगढीबाट खटिएको प्रहरीले उनलाई बाँदर धपाउन भन्दै उक्त बन्दुक लिएर हिँड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस