• शुक्रबार-चैत-१६-२०८०

टेलिकमले लिन थाल्यो मोबाइल रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क 

काठमाडौं । नेपाल टेलिकमले पोस्टपेड सिममा रिचार्ज गर्दा २ प्रतिशत स्वामित्व शुल्क असुल्न थालेको छ । 

 

यसअघि प्रिपेड मोबाइल फोनमा नेपाल टेलिकमले यस्तो शुल्क लिने गरेको थियो । उसले ०७७ साउन १ गतेदेखि पोस्टपेडको रिचार्जमा समेत २ प्रतिशत स्वामित्व शुल्क असुल गर्न थालेको छ । 

 

आर्थिक ऐन २०७७ अनुसार ०७७ साउन १ गतेदेखि पोस्टपेड मोबाइल फोनको रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिन थालिएको नेपाल टेलिकमले जनाएको छ । 

 

टेलिकमले पोस्टपेड मोबाइल फोनबाहकलाई शुल्क असुल्न थालेको केही दिनपछि सन्देश पठाउँदै त्यसबारे जानकारी गराएको छ । 

 

रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिन थालेको सरकारले  रिचार्जमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क असुल्दै आएको छ । 

प्रतिकृया दिनुहोस