• शुक्रबार-बैशाख-१४-२०८१

नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित 

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । 

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएको बैठक स्थगित भएको हो । 

नेकपाका एक नेताका अनुसार, शीर्ष नेताबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको हो । 

सत्तारूढ दल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको समूह असन्तुष्ट रहँदै आएको छ । यो समूहले प्रधानमन्त्री ओली विधि र प्रक्रियाविपरीत अघि बढेको निष्कर्षसहित दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली   दुवै पद नछाड्ने अडानमा छन् । 

दुवै पक्षबीच सहमतिको विन्दु पहिल्याउन पटक पटक छलफल भए पनि निष्कर्षमा पुग्न  सकेका छैनन् । 
 

प्रतिकृया दिनुहोस