• शुक्रबार-चैत-१६-२०८०

तेक्वान्दो सङ्घमा आबद्ध १२ कर्मचारीको बिदाइ


काठमाडौँ, १२ साउन : नेपाल तेक्वान्दो सङ्घले आफनो सङ्घको केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेको पदाधिकारी र सदस्यलाई बिदाइ गरेको छ ।

 

 सङ्घद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि आबद्ध रहेका १२ कर्मचारीलाई बिदाइ गरेको हो । बिदाइ हुनेमा सङ्घका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्ट र सहकोषाध्यक्ष सुमनकुमार घले हुनुहुन्छ ।

 

त्यसैगरी सदस्यमा टिकाप्रसाद लिम्ब, सङ्गिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापामगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिराबहादुर थापा र मिन न्यौपाने हुनुहुन्छ ।



नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ कार्यान्वयन भएसँगै राखेपका कर्मचारीहरु कुनै पनि खेलकुद सङ्घमा आबद्व हुन नपाउने प्रावधानअनुसार उहाँहरुले सङ्घलाई राजिनामा बुझाउनुभएको हो । सोहीअनुसार सङ्घले उहाँहरुको राजिनामा स्वीकृत गर्दै बिदाइ गरेको हो । 

 

 कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले सङ्घमा आबद्ध सबै पदाधिकारीले तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पु¥याएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस