• शनिबार-बैशाख-१५-२०८१

विश्वकै खतरनाक त्यो पानीजहाज

 

त्यो पानी जहाजको नाम आन्द्रे डोलगोव अर्थात् एसटीसी–५०१ थियो, जसले महासागरमा लुट मच्चाएको थियो । यो जहाज अन्तर्राष्ट्रिय आपराधिक नेटवर्कको एक प्रमुख अंग थियो । करीब १० वर्षसम्म महासागरमा यस जहाजको प्रयोग गरेर दुर्लभ माछाहरू समातेर तस्करी गरिन्थ्यो । यस जहाजलाई पक्रन अनेकौं प्रयास भएपनि यो भाग्न सफल भएको थियो । यसमा एउटा विशाल जाल पनि थियो जसलाई २९ किलोमिटरसम्म फैलाउन सकिन्थ्यो ।

 

यस जहाज र जालको प्रयोग गरेर एक पटकमा साठी लाख डलरको माछा समात्ने गरिन्थ्यो । यी समुद्री लुटेराहरूको निशाना पूर्वी एसियाको मलाय प्रायद्वीप तथा इन्डोनिसयाको सुमात्राको आसपासको क्षेत्र हुने गर्दथ्यो । आन्द्रे डोलोगोवको प्रयोग गरेर १० वर्षमा करीब ५ करोड डलरको माछा समुद्रबाट लुटिएको बताइन्छ । लुटेराहरू क्षेत्राधिकारभन्दा बाहिर गएर माछा समात्ने गर्दथे । यो जहाज सन् १९८५ मा जापानमा बनाइएको थियो । जापानी सी–फूड कम्पनी मारुहा निचिरो कर्पाेरेशनले यो खरिद गरेको थियो ।

 

जापनी कम्पनीबाट अर्काे कम्पनी हुँदै यसको दुरुपयोग हुन थाल्यो । यसको प्रयोग अवैध माछा तस्करी गर्न प्रयोग गर्न थालियो । अन्ततः सबै हत्कण्डाबाट बच्दै आएको जहाजलाई सन् २०१८ मा मादागास्करको एक बन्दरगाहमा समातियो । यस जहाजका सबै कर्मचारी भाग्न सफल भएका थिए । यस जहाजलाई ‘मोस्ट वान्टेड जहाज’ भनेर पनि चिनिन्छ । 

प्रतिकृया दिनुहोस