• शुक्रबार-बैशाख-१४-२०८१

प्रचण्डले जनार्दन र वर्षमान बोक्दा माधव सशंकित, पूर्वमाओवादी क्रुद्ध

 

 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका निकट दुई पात्रको खोजी हुँदा जनार्दन शर्मा र वर्षमान पुन अनन्तको नाम अग्रपंक्तिमा आउँछ ।

 

निकटताका आधारमा विभिन अवसर दिँदै आएका प्रचण्डले यसपटक अर्का अध्यक्ष केपी ओलीसँग वार्ता गर्न पनि यिनै दुई पात्रलाई अघि सारेका छन् । तर यसले माध नेपाल, जेएन, वामदेव गाैतम समूहमा मात्रै होइन, पूर्वमाओवादी समूहमा समेत चरम असन्तुष्टि देखिएको स्राेत बताउछ । 

 

माधव समूहले ओलीसँगको वार्तामा आफ्नो पनि सहभागिता चाहेको थियो । तर, प्रचण्डले आफू नजिकका दुई पात्रलाई मात्रै त्यसमा सहभागी गराएर बाइपास गरेपछि यो समूह रुष्ट बन्न पुगेको जानकारी प्राप्त भएकाे   छ ।

 

आफूनजिकका नेतालाई मात्रै राखेर प्रचण्डले ओलीसँग आफूअनुकूल सहमति गरेर बेवास्ता गर्ने हुन् कि भन्ने डर माधव समूहसँग छ । यही डरका कारण कार्यदल गठनको हल्लाबारे प्रचण्डको सचिवालयले नै स्पष्ट पारिसक्दासमेत माधव समूह विश्वस्त हुन सकेको छैन । 

 

उता, पूर्वमाओवादी समूह पनि प्रचण्डबाट सन्तुष्ट छैनन् । सचिवालयका अन्य नेताहरू हुँदाहुँदै शंकास्पद चरित्रका जनार्दन र वर्षमानलाई छलफलमा सामेल गराइएको उनीहरूलाई मन परेको छैन ।

 

स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, मणि थापा, लेखराज भट्टलगायत नेता प्रचण्डको दुई नेतालाई मात्रै बोक्ने शैलीप्रति असन्तुष्ट  रहेका छन् । 

 

‘प्रचण्ड र माधव समूहमा सचिवालयकै अन्य नेताहरू हुँदाहुँदै त्यहाँ नरहेका नेताहरू सहभागी गराउनु उदेक लाग्दो कुरा हो,’ पूर्वमाओवादी समूहका एक नेताले असन्तोष व्यक्त गर्दै भने । 
 

प्रतिकृया दिनुहोस