• शुक्रबार-बैशाख-१४-२०८१

 महासंघकाे १९ सदस्य स्थायी समितिकाे बैठक नै बस्न सकेन ! पदाधिकारी समेत तेह्र जनाद्वारा अध्यक्ष  राणा वहिष्कृत !! 


काठमाडाैं । भवानी राणााकाे नेतृत्वमा रहेकाे  नेपाल उद्याेग बाणिज्य महासंघकाे वर्तमान नेतृत्वकाे पदावधि २०७६ चैत २९ गतेबाट समाप्त भएकाे छ । पदावधि समाप्त भएर तदर्थ रूपमा रहेकाे महासंघकाे वर्तमान नेतृत्वले अहिलेकाे महासंकटकाे यस  घडीमा  अब के गर्ने भनेर तत्कालीन र दीर्घकालीन याेजना पस्किएर बहस कसले चलाउने यसतर्फ भन्दा पनि वर्तमान विधानले ३ महिना पदावधि थप गर्न सक्ने छ भन्ने  अवधि  पनि अब मात्रै ५० दिन बाँकी रहेकाे छ । २०७७ असार पछि अब महासंघकाे वैधानिक नेतृत्व कसरी स्थापित हुन्छ र अघि बढ्छ ? उद्याेगी-व्यवसायीहरूकाे अहिलेकाे चिन्ता र  मुख्य प्रश्न पनि यही हाे । 


आर्थिक, राजनीतिक, औद्याेगिक कुनै हैसियत नहुँदा नहुँदै पनि महासंघका चतुर खेलाडी चण्डीराज ढकाल, पूर्व अध्यक्ष रवीभक्त श्रेष्ठ, भाष्करराज राजकर्णिकार  पशुपति मुरारका र शेखर गाेल्छाहरूकाे कृपाले वरिष्ठ उपाध्यक्ष, अध्यक्ष बन्न सफल  महासंघकी अध्यक्ष भवानी राणामा अहिले पद लाेलुपताले जागेकाले काेराेना महामारीबाट उत्पन्न महासंकटकाे चुनाैति सामानका लागि उद्याेगी-व्यवसायीहरूकाे छाता संगठन   महासंघकाे  अस्तित्व नै गुम हुने अवस्था सिर्जना भएकाे गुनासाे उद्याेगी-व्यवसायीहरूकाे  रहेकाे छ । 


नेपाल उद्याेग बाणिज्य महासंघकाे वर्तमान नेतृत्वकाे अक्षमताले गर्दा  नेपाल चेम्बर अफ कर्मश र  सीएनआईकाे नेतृत्वले महासंघलाई ओझेलमा पार्न थालेकाे  बताउछन् उद्याेगी-व्यवसायीहरू । भवानी राणा काेविड-१९ काे वाहनाबाजीमा  आफ्नाे पदावधि लम्ब्याएर पदकाे रक्षा कसरी गर्ने भन्ने  षडयन्त्रमा व्यस्त रहने गर्दा यस्ताे संवेदनशील घडीमा महासंघकाे अस्तित्व नै गुम हुन पुगेकाे  गुनासाे सुनिन्छ ।

 

वरिष्ठ उपाध्यक्ष  शेखर गाेल्छाले  महासंघकाे अध्यक्षकाे हैसियत कायम गरेर विषम परिस्थितिमा कमाण्ड सम्हाल्दै चुनाैतीकाे सामना गर्न अघि बढ्नु पर्नेमा भवानी राणाकै लागि समर्पित भएर पछिपछि लाग्न थालेपछि  ह्याउ, हुती नभएका   गाेल्छाबाट अब व्यवसायीकाे  हित नहुने भन्दै उनकाे  विकल्प खाेज्नु पर्ने आवाज  सशक्त ढंगले  उठ्न थालेकाे स्राेतले बतायाे । शेखर गाेल्छाकाे विकल्पका  लागि  अब   विधान संशाेधनकाे  प्रक्रिया  पुन अघि बढाएर महासंघकाे निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्नुपर्ने मागलाई संबाेधन गर्नैपर्ने अवस्था उत्पन्न भएकाे महासंघका एकजना स्थायी समितिका सदस्यले साँघु न्यूज डटकमलाई बताए ।  


 महासंघमा भएका अनियमित काम कारवाहीमा समेत साथ दिंदै  अध्यक्ष राणाका अगाडि लाचार बन्दै आएका पशुपति मुरारका, शेखर गाेल्छा, किशाेर प्रधान, दिनेश श्रेष्ठकाे कानमा चिनी हाल्न अध्यक्ष राणा सफल भएपनि महासंघका खेलाडी मानिएका विशिष्ट सदस्य चण्डीराज ढकालले  धाेकेबाज भन्दै  राणालाई  साथ दिन छाडेपछि २०७७ जेठ १२ गते २ बजेका लागि डाकिएकाे स्थायी समितिकाे अनलाइन बैठकमा '' बाधा अडकाउ फुकाउने'' एजेण्डा  तुहिन पुगेकाे छ ।

 

महासंघकाे  १९ सदस्यीय समितिका सदस्यहरूमा जम्मा पाँच जना मात्र उपस्थित भएका थिए भने अन्यले वहिस्कार गरेकाे खबर छ । भवानी राणाका हनुमान मानिएका  पशुपति मुरारका, शेखर गाेल्छा, किशाेर प्रधान, दिनेश श्रेष्ठ मात्रै उपस्थित भएपछि असामान्य अवस्थामा पनि पदका टाँसिइरहने सपनामा चक्नाचुर भएपछि भवानी राणा  तीन बल्ड्याग खान पुगेकाे खबर छ । 


चैत मसान्तमा हुनु पर्ने महासंघकाे साधारण सभा असामान्य अवस्थामा ३ महिना थप गर्न सकिने वैधानिक व्यवस्था २०७७ असार मसान्तमा समाप्त हुँदैछ । भवानी राणाले महासंघकाे अध्यक्ष भएर गरेका कतिपय अनियमित कामहरू ढाकछाेप गर्नका लागि उनले आफ्नाे पदावधि अनिश्चितकालसम्म बढाउनका लागि सुरू गरेकाे  '' बाधा अडकाउ फुकाउने'' अभियान तुहिएकाे छ ।

 

अध्यक्ष राणालाई महासंघकाे कार्यकारिणी समितिकाे सदस्य, जिल्ला उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र जसरी पनि अध्यक्ष  बनाउने एक मात्र उद्देश्यले विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षकाे प्राब्धान समेत राखेर जबर्जस्ती अध्यक्षकाे ताज पहिर्याउने उनकाे एक मात्र 'गडफादर' मानिएका चण्डीराज ढकाल समेत धाेकेवाज भन्दै भवानी राणाबाट टाढा भएकाे स्थायी समितिका एकजना सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

 

चण्डीराज ढकाललगायत महासंघका ६ प्रदेशका ६ जना संयाेजकहरू, उपाध्यक्षहरू चन्द्र प्रसाद ढकाल, उमेशलाल श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, केशवराज पाण्डे, सकुन्तला हिराचन, अशाेक ताेडी, कमला श्रेष्ठले भवानी राणाले २०७७ जेठ १२ गते २ बजे बाेलाएकाे अनलाइन मिटिङ बहिस्कार गरेपछि '' बाधा अडकाउ फुकाउने'' एजेण्डा तुहिन पुगेकाे हाे । अस्तित्वकाे संकट झेलिरहेकाे महासंघकाे नेतृत्वप्रति  उत्पन्न अविश्वासले पुन अन्याैलता  थपेकाे छ । 

 


भवानी राणाकाे वैधानिकता २०७७ जेठ १३ गतेबाट हिसाव गर्ने हाे भने २०७७ असार मसान्त अब मात्रै ५० दिन बाँकी छ । भवानी राणाले अब बाँकी याे पचास दिन भित्रै षडयन्त्र जालझेल गरेर विधानकाे बाधा अड्काउ फुकाउने प्रयास सफल नभएकाे अवस्थामा महासंघकाे अध्यक्षकाे उनकाे ताजा गर्ल्याम्मगुर्लुम ढल्ने अवस्थामा पुगेकाे छ ।

 

महासंघका पूर्व अध्यक्ष विनाेदवहादुर श्रेष्ठका अनुसार, ''महासंघ अहिले लाेभीपापीकाे अखडामा परिणत भएकाे छ,  यदि महासंघकाे अस्तित्व बचाउने हाे भने अब विधान संशाेधनकाे प्रक्रिया अगाडि बढाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानै पर्छ । पूर्खाहरूकाे रगत पसिनाले खडा गरेकाे  महासंघ अहिले अस्तित्वकाे लडाइँ लड्ने अवस्थामा पुग्नु याेभन्दा दुर्भाग्य उद्याेगी-व्यवसायीहरूका लागि अरू के हुन्छ ?'' पूर्व अध्यक्ष श्रेष्ठकाे प्रश्न छ । 
 

प्रतिकृया दिनुहोस