• शनिबार-बैशाख-१५-२०८१

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख ३८ हजार नाघ्यो

भारतमा २४ घन्टायतामा ६ हजार ९७७ संक्रमित

 


नयाँ दिल्ली। १२ जेठ (रासस/एएनआई) । भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार  ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार २१ जना पुगेको छ ।

 

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ७२१ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  हाल भारतमा ७७ हजार १०३ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ । 

 

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५० हजार  २३१ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा १४ हजार ५६ संक्रमति रहेका छन्  । दिल्लीमा १३ हजार ४१८ जना कोरोना संक्रमित रहेका छन् ।

 

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ  ।  कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । 

 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो ।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । 

 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

 

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ । 

 

भारतमा २४ घन्टायतामा ६ हजार ९७७ संक्रमित

 

१२ जेठ (रासस/एएनआई) : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् ।

 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस