• शुक्रबार-बैशाख-१४-२०८१

महासंकटकाे घडीमा आगामी आर्थिक वर्षकाे बजेट कस्ताे -यथार्थवादी कि घारघुर ? 

आगामी बजेट १७ खर्ब ६० अर्ब हाराहारीमा प्रस्तुत हुने ?

 


काठमाडाैं । संवैधानिक व्यवस्था अनुसार,  २०७७ जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/२०७८ काे बजेट  प्रस्तुत गर्ने दिन हाे । नेकपाकाे सरकार  तेस्राे पटक  संघीय सरकारकाे बजेट प्रस्तुत गर्न गइरहेकाे छ । काेराेना कारण  आर्थिक गतिविधि ठप्पकाे अवस्था छ । राजश्व दिने व्यवसाय, हाेटेल, रेष्टुरेण्ट, आयात निर्यात पनि ठप्प छ । तर,  सरकार बजेट ल्याउन बाध्य छ ।  

 

देशकाे अर्थतन्त्र  थिलथिलाे भएकाे अवस्थामा अब बजेट यथार्थवादी ल्याउने कि घारघुर  बजेट ? अर्थशास्त्रीहरूले गंभीर रूपमा प्रश्न उठाउँदै आएक आएका छन् । अर्थतन्त्रकाे दुरावस्थामा भाेगिरेहकाे सरकारले दाेस्राे पटक संघीय संसदमा बजेट प्रस्तुत गर्दैछ । 


आर्थिक वर्ष २०७६/२०७७ बजेट पनि बढी नै महत्वकांक्षी आएकाे थियाे । त्यही कारणले गर्दा अर्थ मन्त्रालयले मध्यावधि समीक्षा गर्दै राजश्वकाे लक्ष ११ खर्ब १२ अर्बबाट घटाएर १० खर्ब ५७ अर्बमा झारेकाे थियाे । ''२०७६ फागुनसम्म मासिक ६० अर्ब राजश्व संकलन भइरेहकाेमा २०७६ चैत र २०७७ वैशाखमा जम्माजम्मी ५९ अर्ब मात्रै राजश्व संकलन हुन गएबाट हामी आर्थिक संकटमा फसिसकेकाे  छाैं भन्छन्  अर्थशास्त्री डा. गाेविन्दवहादुर थापा । 


''काेराेनाकाे औषधि पत्ताे लागेकाे छैन । भारत र बंगलादेशमा बढ्दाे काेराेना संक्रमणका कारण उत्पन्न महासंकटले गर्दा अर्थतन्त्रकाे मेरूदण्दकाे उपचार हुने सम्भावना पनि तत्काल देखिदैन ।  विश्वकै अर्थतन्त्रमा पर्न गएकाे महासंकटका कारण वैदेशिक ऋण पाउन सकिंदैन ।  आन्तरिक ऋण पनि जीडीपीकाे ३ प्रतिशत भन्दा बढी उठाउन पाइँदैन'' ।

 

त्यस कारण आर्थिक वर्ष २०७७/०७८ काे बजेट बनाउँदा यथार्थवादी बजेट बनाउनु पर्छ, यस पटककाे बजेटकाे साइज ११/ १२ खर्ब भन्दा बढीकाे हुनुहुन्न,भन्छन् तत्कालीन अर्थमन्त्री स्व. भरतमाेहन अधिकारीका आर्थिक सल्लाहकार समेत रहेर जनमुखी बजेट बनाउने पात्रहरू  मध्येका प्रमुख पात्र  डा. गाेविन्दवहादुर थापा । 


'' लकडाउन कायम रहेकाे अवस्थामा आर्थिक गतिविधि ठप्प रहन्छन्, त्यसले गर्दा राजश्वकाे आम्दानीकाे मूल स्राेतमा खडेरी  कायमै रहन्छ । अनि  कसरी उठ्छ बजेटकाे ७५ प्रतिशत राजश्व ? न त आन्तरिक ऋण न वैदेशिक ऋण र सहायता ! सरकारले २०७७  वैशाख मसान्तसम्म   पुँजीगत खर्च २८ र चालु खर्च ४९. ६१ प्रतिशत भन्दा बढी गरेकाे अवस्था छैन। १० खर्ब ५७ अर्ब राजश्व उठ्ने संशाेधित लक्षमा पनि ब्रेक लाग्न पुगेकाे छ ।'' 

 

 १० खर्ब ५७ अर्ब राजश्व उठ्ने संशाेधित लक्ष अब असम्भव हुन गएकाे छ । राजश्व मुस्किलले ७ खर्ब भन्दा बढ्ने सम्भावना नरहेकाे कुरा चैत र वैशाख महिनामा उठेकाे  रू. ५९ अर्ब राजश्व  नै स्पष्ट संकेत गर्दछ । 


अर्थ मन्त्रालय स्राेतका अनुसार, आर्थिक वर्ष २०७७/०७८ काे अनुमानित  राजश्व १० खर्ब ८० अर्ब र वैदेशिक सहायता र ऋण गरेर ४ खर्ब पचास अर्ब र २ खर्ब ४० अर्ब आन्तरिक ऋण समेत १७ खर्ब ६० अर्ब हाराहारीकाे बजेट प्रस्तुत गर्ने तयारीमा अर्थमन्त्री युवराज खतिवडाकाे टीम रहेकाे स्राेत बताउछ ।

 

२०७६ चैत ११ गते लकडाउन अघिससम्म दैनिक रू. २ अर्ब २४ कराेड ९८ लाख राजश्व संकलन भइरहेकाे थियाे भने  २०७७  जेठ  ९ गते शुक्रबारसम्म दैनिक राजश्व ६८ कराेड ७ लाख मात्रै उठेकाे दयनीय अवस्था छ । राजश्वकाे  यस्ताे  दयनीय अवस्थामा राजश्वकाे  अनुमानित  आय १० खर्ब ८० अर्ब मान्ने हाे भने याे कसरी सम्भव हाेला ? स्राेतका अनुसार, २०७७ वैशाख मसान्तसम्म २०७६ फागुन मसान्तसम्मकाे राजश्वकाे उठ्तीकाे  तुलना गर्दा २०७७ जेठ ९ गते दैनिक रूपमा राजश्व ७०% प्रतिशतले घटेकाे  छ । यस्ताे महासंकटकाे  स्थितिमा सरकारले कस्ताे बजेट प्रस्तुत गर्ला ? अर्थशास्त्रीहरू बढाे जिज्ञासापूर्वक २०७७ जेठ १५ गतेकाे प्रतिक्षामा रहेका छन् ।  

 

राजश्व आम्दानीकाे  यस्ताे  दयनीय घडीलाई  मनमस्तिष्कमा राखेर यथार्थवादी  बजेटकाे तयारीमा  अर्थमन्त्री युवराज खतिवडा,  राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष  प्राडा. पुष्प कँडेल, नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव शिशिर ढुंगाना र बजेट महाशाखाका सहसचिव धनीराम शर्मा जुटेकाे छन् कि जे जे पर्ला पर्ला  भनेर बजेट बनाउँदैछन् ? यही गंभीर विषयमा छलफल गर्नका लागि नेकपाकाे सचिवालयकाे बैठक  बस्न गइरहेकाे  जानकारी हुन आएकाे  छ । 


नेकपाकाे सरकारकाे आर्थिक वर्ष २०७७/०७८ काे बजेटकाे सम्बन्धमा छलफल गर्नका लागि नेकपाले सचिवालयकाे बैठक आज २०७७ जेठ १० गते  ३ बजेका लागि बाेलाएकाे थाहा भएकाे छ । 


 

प्रतिकृया दिनुहोस