• शुक्रबार-बैशाख-१४-२०८१

राष्ट्रपति, उपराष्ट्रपतिकाे हातमा नेपालकाे नयाँ नक्सा

प्रधानमन्त्री, सभामुख, रास अध्यक्ष सहित काँग्रेसका सभापति देउवालाई पनि नयाँ नक्सा हस्तान्तरण

 

 

काठमाडौं, ९ जेठ । नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७७ जेठ ९ गते शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छिन ।

  गएको जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि २०७७ जेठ ८ गते बिहिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस