• शनिबार-बैशाख-१५-२०८१

घरको भित्तामा श्रीमतीको तस्विर लगाउनुपर्ने रीतिरिवाज

 

विश्वका हरेक देशको आफ्नै विविधता छ । त्यस्तै दक्षिणपूर्वी मुलुक बु्रनाई पनि यस्तै विविधतामा कम छैन । इन्डोनेशियाको नजिकै रहेको यो मुलुकमा आजपनि राजतन्त्र छ । बु्रनाई एक मुस्लिम बहुल मुलुसक हो, जहाँ आजपनि महिलाहरुलाई भोट दिने अधिकार छैन । यो मुलुकले सन् १९८४ को जनवरीमा स्वतन्त्रता प्राप्त गरेको थियो । यस मुलुकमा घरको भित्तामा श्रीमतीको तस्वीर लगाउनुपर्ने रिवाज रहेको छ । श्रीमतीको बाहेक घरहरुमा मुलुकको सुल्तानको फोटो समेत टाँस्ने गरिन्छ । यस मुलुकमा सार्वजनिक स्थलमा रक्सी पिउन प्रतिबन्ध छ ।

 

एक खबरका अनुसार यस मुलुकमा जतिवटा घर छ, त्यति नै धेरै कार छ । यस मुलुकमा प्रति एकहजार व्यक्तिबीचमा ७ सय कार रहेको छ । कार अधिक हुने कारण यहाँको तेलको मूल्य एकदमै कम हुनु र कर नलाग्नु हो । बु्रनाईको सुल्तानलाई विश्वकै धनी राजाहरुमध्ये एक मानिन्छ । उनको सम्पत्ति खर्र्बाैं रहेको बताइन्छ । यी सुल्तान गाडीका पनि एकदमै शौखिन छन् । उनीसँग करिब ७ हजार कार रहेको बताइन्छ । 
 

प्रतिकृया दिनुहोस