• शनिबार-पौष-२७-२०८१

झलनाथले यसरी दिए अध्यक्ष  केपीलाई  धाेका  

 


काठमाडौं । २०७५ जेठ ३ गते एमाले र माओवादी एकता हुँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाकाे वरियतामा अध्यक्ष केपी   ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि  नम्बर ३ मा राखियाे । एक वर्षपछि अध्यक्ष केपी र प्रचण्डलाई के झाेँक चलेर हाे  एमालेमा वरियतामा नम्बर २ रहेका नेता नेपाललाई  नेकपाकाे वरियता ४ मा झारियाे। १५ वर्ष एमालेकाे नेतृत्व गरेका नेता नेपाललाई परिस्थिति बस घटुवा भएर नम्बर ४ मा बस्नुपर्याे ।

 

दुई ठूला वाम पार्टी  एकीकरण भएकाे एक वर्षपछि नेपालकाे वरियता  एक तह घटाएर ४ नम्बरमा पुर्रयाउँदै २०७६ भदाै १ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले तेस्रो बरियतामा नेता झलनाथ खनाललाई  अपग्रेट गर्याे ।  के तर्कका आधारमा  झलनाथ खनाललाई बढुवा र  तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झारियाे ? त्याे आजसम्म गर्भ मै हाेला । 

 

सायद पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जेएन कमरेडले गुन मान्छन् र अप्ठेराे पर्दा  सहयाेग गर्छन् अनि नेकपाकाे सचिवालयमा आफ्नाे पक्षमा सजिलै बहुमत पुग्छ भन्ने ठानेर माधव नेपालकाे स्थानमा बढुवा र नेपाललाई  घटुवा गर्ने निर्णय गराउन सफल भएका थिए हाेलान । 


२०७६ भदाै १ गते आइतबार प्रधानमन्त्री निवास  बालुवाटारमा बसेको नेकपाकाे सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा उकाल्ने   निर्णय गरेको थियाे । यो निर्णयसँगै बरियता घटुवामा परेर नम्बर ४ मा पुगेका नेता नेपालकाे मन नराम्राेसंग कुँडिएकाे थियाे । आफूले सहयाेग पाउने अपेक्षासहित वरियता नम्बर ३ मा बढुवा गरिएका नेता झलनाथ खनालले केपी ओलीलाई अहिले  आएर पिठ्युँ फर्काई  दिए ।

 

पिठ्युँ फर्काएकाे मात्रै हाेइन खनाल प्रचण्ड क्याम्पमा सक्रिय भएर लाग्नुका साथै ''अब बाँचुञ्जेल प्रचण्डलाई तनमनले साथ'' दिने घाेषणा गरेर  बसेकाे जानकारी हुन आएकाे छ। अध्यक्ष केपीले अप्ठेराे पर्दा जाेबाट सहयाेगकाे अपेक्षा गरेका थिए तिनै कमरेड (जेएन)ले नराम्राेसंग धाेका दिएकाे चर्चा  आजभाेलि  पनि बालुवाटारमा   हुनेगरेकाे स्राेत बताउछ  । 

 

 आजभाेलि नेकपा पार्टीभित्र चलेकाे द्वन्द्वमा प्रधानमन्त्री केेपी घेराबन्दी परिहेका छन् भने केपीले सहयाेग गरेकाहरूले ठाडै धाेका दिएर अर्कै कित्तामा उभिन पुगे । पार्टीकाे वरियतामा घटुवा र बढुवाकाे निर्णयले अध्यक्ष केपीलाई उल्टाे घाटामाथि घाटा भएकाे र त्याे निर्णयले माधवकुमार नेपाललाई थप  चिढ्याउने काम मात्र गरेकाे  चर्चा एक वर्षपछि पनि हुने गरेकाे स्राेत बताउछ । 
 

प्रतिकृया दिनुहोस