• शनिबार-बैशाख-१५-२०८१

जुम्ला जिल्लामा विदेशबाट ४०० भित्रिए  

संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा

 


सिँजा, १८ चैत (रासस) :  भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा  जिल्लाभरि भारत र  तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो । 


 प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकीकृत तथ्यांक सोमबार सार्वजनिक गरी  ३७१  भारत र १३  अन्य तेस्रो मुलुकबाट जुम्लीहरु जिल्लामा भित्रिएको जानकारी दिएको छ । तीमध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा  छन् ।  यसैगरी ४६ जना होम क्वारेनइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा  रहेको छ । 

 

तीन हजारको तापक्रम जाँच 


 भारत अन्य मुलुक र नेपालका  विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनीहरुलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल र  हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।


संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा


हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक  नयाँ दिल्लीबाट जहाजा  सँगै आएको भन्ने थाहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । उनी अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ ।   


उनी काठमाडौँमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । 
---

प्रतिकृया दिनुहोस