• बुधबार-असार-३२-२०८२

हिमालय टीभीका मालिकहरु  बिच लेनदेनको झगडा चर्कियो 


काठमाडौं । हिमालय टीभी खरिदकर्ता नयाँ मालिक धर्मराज भुसाल र पुराना मालिक ललित अग्रवाल बिचको लेनदेनको हिसाव नमिलेपछि झगडा बढ्दै गएको खबर छ । हिमालय टीभीका पुराना मालिक ललित अग्रवालको दावी अनुसार, टिभी खरिद–विक्रीको समयमा भएको सम्झौता धर्मराज भुसालबाट उल्लंघ भएको आरोप छ ।

 

अग्रवालको दावी अनुसार, अग्रवालको १० प्रतिशत शेयर कायम रहने र छोरा च्याङ्ग अग्रवाललाई व्यवस्थापन टीममा राख्नुपर्ने सम्झौता भएको थियो । साथै सम्झौता अनुसार, अग्रवाल पक्षलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम, घर भाडा समेत धर्मराज पक्षले नदिएको भन्दै अग्रवाल पक्ष गुनासो गर्दै हिंडेको छ । 


हिमालय टीभीमा कार्यरत पत्रकारहरुका अनुसार, ललित अग्रवालले सरकारलाई तिर्नुपर्ने करोडौं राजश्व(कर) नतिर्दा नयाँ मालिक धर्मराज भुसाल संकटमा पर्न गएका छन् ।  

 

कर कार्यालयले सो टीभीको खातापाता समेत रोक्का राखेपछि समस्या परेकाे बताइन्छ । यसै सिलसिलामा, २०७६ फागुन २८  गते ललित अग्रवाल र धर्मराज भुसाल बिच झगडा परेको थियो ।

 

स्रोतका अनुसार, घर भाडा, बाँकी बक्यौता रकम असुल उपर गर्नका लागि हिमालय टीभीमा पुगेका ललित अग्रवाललाई  आफ्नै घरमा रहेको टिभी कार्यालयको  गेटबाटै प्रवेशमा रोक लगाएपछि झगडाले उग्ररुप लिएको थियो।  ।

 

पत्रकारहरुका अनुसार, मालिकहरुका  बिचको झगडाले उग्ररुप लिएपछि २०७६ फागुन २८ गते हिमालय टीभीको गेटमा तालाबन्दी गरियो।  हिमालय टीभीको गेटमा तालाबन्दी भएपछि त्यहाँ कार्यरत  संचारकर्मीहरु खाजा खान अफिस बाहिर समेत निस्किन नपाएको गुनासो गरेका छन् ।  


२०७६ फागुन २८ गते ललित अग्रवालले कि सम्झौता लागू गर, सम्झौता अनुसारको बाँकी रकम पनि भुक्तानी देऊ कि टीभी नै फिर्ता देउ भनेर अड्डी कसेको बताइन्छ । ललित अग्रवाल अहिले कानूनी उपचारका लागि सरसल्लाहमा जुटेको स्रोत बताउछ । 
   

प्रतिकृया दिनुहोस