• शुक्रबार-बैशाख-१४-२०८१

माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली


मङ्गलबारे, २२ फागुन : इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ ।

फाइनलमा आयोजकले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार ठूलो टुँडिखेलमा भएको खेलमा निर्धारित समय र अतिरिक्त समय पनि खेल बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । योसँगै आयोजक पहिलोपटक फाइनल प्रवेश गरेको हो । 


     
आयोजक टिमका  देव लिम्बू, एन्ड्रो थियर यिबाक, लीला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो । यता आर्मीको  तर्फबाट दीपक गुरुङ, दीप लामा, राजु आले, राजीव गुरुङ प्रहार गोल हुँदा सन्तोष तामाङ, ईश्वरी बानियाँ र भरत चौधरीको प्रहार गोल हुन सकेन । खेलको अतिरिक्त समयमा आर्मीका बिकेक बस्नेतले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो ।


 
खेलको ३३औँ मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी बल नियन्त्रणका लागि अगाडि बढेका अवस्थामा माईभ्यालीका करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डिएरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई ‘फाउल’ गरेपछि पाएको फ्रिकिकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।


 
१७औँ मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका विकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका गोरकिपर विवश चौधरीले उत्कृष्ट पञ्च गरी गोल हुन बचाए । आजको खेलमा माईभ्यालीका गोलरक्षक देव लिम्बू म्यान अफ दि म्याच बने । उनले नगद १५ हजार प्राप्त गरे ।

 

लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका तीन क्लब त्रिभुवन आर्मी क्लब, सङ्कटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गतेसम्म चल्ने गोल्डकपको विजेताले रु आठ लाख र दोस्रो हुने टोलीले रु पाँच लाख प्राप्त गर्नेछ । रासस

प्रतिकृया दिनुहोस