• शनिबार-बैशाख-१५-२०८१

नक्कली भ्याट काण्डमा हनुमान कन्स्ट्रक्सनलाई २६ करोडको मुद्दा  

 


काठमाडौं । झूटा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने हेटौंडा बस्ने हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपाने समेत २ जनाले राजस्व चुहावट गरेको अभियोगमा ८ करोड ६२ लाख बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबी लिई ललितपुर जिल्ला अदालतमा २०७६ मा ७ मा मुद्दा दर्ता गरिएको छ ।

 

हनुमान कन्स्ट्रक्सनले वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको विज्ञप्तिमा उल्लेख छ । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख),(च) र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु २ करोड ५० लाख १४ हजार १ सय ९८ र आयकरतर्फ रु. ६ करोड १२ लाख ४ हजार ६ सय २ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम हुने जम्मा विगो रु. ८ करोड ६२ लाख १८ हजार ८ सय राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएको छ । 


 सो कन्स्ट्रक्सनका प्रोप्राइटर शालिकराम न्यौपाने र उक्त फर्मका कर्मचारी विश्वराज सुवेदीलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) बमोजिम बिगो रकम रु.८ करोड ६२ लाख १८ हजार ८ असुल उपर गराई बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन मागदाबी लिई ललितपुर जिल्ला अदालतमा माघ ७ मा मुद्दा दर्ता गरिएको हो ।

 


यसैगरी सोही प्रकरणमा गोरखकाली नगरपालिका स्थायी घर भइ हाल काठमाण्डौ बस्ने रेजिङ इन्टरनेसनलका प्रोप्राइटर सञ्जिव मास्केले राजस्व चुहावट गरेको अभियोगमा १४ करोड ८७ लाख विगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबी लिई २०७६ माघ १२ मा काठमाडांै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

 

रेजिङ इन्टरनेसनलले वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको उल्लेख छ । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु. ४ करोड ३२ लाख ६९ लाख २ सय ८३ पैसा १६ र आयकरतर्फ रु. १० करोड ५४ लाख ३९ हजार ५ सय ९५ पैसा २० राजस्व चुहावट गरेकोले राजस्व चुहावट  (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम हुने जम्मा बिगो १४ करोड ८७ लाख ८ हजार ८ सय ७८ पैसा ३६ वारदात स्थापित हुन आएको छ ।


  रेजिङ इन्टरनेशनलका प्रोप्राइटर सञ्जिव मास्केलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) बमोजिम बिगो रकम रु. १४ करोड ८७ लाख ८ हजार ८ सय ७८ पैसा ३६ असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दाबी लिई २०७६ माघ १२ मा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
 

प्रतिकृया दिनुहोस