• शुक्रबार-बैशाख-१४-२०८१

रंग विरंग : बयानब्बे वर्षमा पनि चिकित्सा सेवा ? 

 

 

 अठोट र प्रतिज्ञाका अगाडि उमेरले पनि केही गर्न सक्दैन भन्ने यसले प्रमाणित गर्दछ । चीनकी एक ९२ वर्षीय महिलाले सेवानिवृत्त भएको २५ वर्षसम्म पनि आफ्नो पेशामा खटिंदै आएकी छिन् । चीनको जियांगसु प्रान्तको नान्जिङ शहरको सिटी अस्पतालमा ती वृद्ध महिलाले विरामीको उपचार गर्दै आएकी छिन् । यी वृद्धाको नाम हो डा. आओ झोङफेङ ।

 

उनले सेवा निवृत्त भएपछि विरामीहरूको हेरचाह गर्ने र मद्दत गर्ने धारणा राखेकी थिइन । उनले हालसालै एक हप्तामा ६ सयजना बिरामी जाँचेकी छिन् । उनी चिकित्सा पेशमा रक्तरोग विशेषज्ञ हुन् । उनको श्रीमान र छोरा पनि चिकित्सक नै छन् । यी महिलाको जन्म सन् १९२८ मा भएको थियो । उनी सेवानिवृत्त भएको भोलिपल्टदेखि नै पुुन अस्पतालमा काम गर्न गएकी थिइन् । 

प्रतिकृया दिनुहोस