• शनिबार-बैशाख-१५-२०८१

रंगविरंग : यो हो पाँच सय परमाणु बमको परीक्षणस्थल

 

 

कजाकिस्तानको द पोलिगन भन्ने क्षेत्रमा हालसम्म करीब पाँचसय परमाणु बमको परीक्षण गरिएको छ । सन् १९४९ देखि सन् १९८९ को बीचमा दैनिक १० भन्दा बढी परमाणु बमको परीक्षण गरिएको थियो । उक्त क्षेत्रलाई सोभियत रुसले परमाणु परीक्षणको केन्द्र बनाएको थियो । सोभियत रुसले त्यतिखेर करीब ४५६ परमाणु बम परीक्षण गरेको थियो । यसको असर त्यस क्षेत्रमा हालसम्म पनि देख्न सकिन्छ ।

 

सोभियत सेनाले कयौं वर्षसम्म पोलिगन क्षेत्रमा रहने मानिसहरूको स्वास्थ्यमा ध्यान पनि दिएको थियो । तरपनि, त्यहाँका मानिसहरूमा विभिन्न किसिमका क्यान्सरको महामारी सुरु भयो । मानिसहरूले आत्महत्या समेत गर्न थाले । अन्तत सन् १९८० मा परमाणु विरोधी अभियान सुरु भयो र परमाणु परीक्षणमा रोक लगाउन माग गर्न थालियो । फलस्वरुप सोभियन संघले सन् १९९० मे १८ मा आफ्नो ११ वटा परीक्ष्ँण रद्द गरेको थियो । 

प्रतिकृया दिनुहोस