• शुक्रबार-बैशाख-१४-२०८१

SAFA द्वारा सिटिजन्स बैंक पुरस्कृत

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई South Asian Federation of Accountants (SAFA)  द्वारा  २०७६ मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाईSAFA Best Presented Annual Report Awards and SAARC Anniversary Awardsfor Corporate Governance Disclosures,2018  बाट पुरस्कृत गरिएको छ । ''Private Sector Banks (Including Cooperative Banks) विधामा बैंकले Certificate of Meritk प्राप्त गरेको छ ।

 

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित SAFA  ले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ । SAFA ले  यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धी टिप्पणी, पारदर्शिता, जवाबदेहिता, संस्थागत सुशाशन, तथा अन्य Disclosure का आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो । SAFA द्वारा बैंक लगातार तीन वर्षदेखि पुरस्कृत हुँदै आएको छ ।


विगतमा पनि SAFA Best Presented Annual Report Awards - 2017, SAFA Best Presented Annual Report Awards—2015 समारोहमा बैंकको वार्षिक प्रतिवेदनलाई दुई विधामाः “SAARC Anniversary Award for Corporate Governance” / “Private Sector Banks (Including Cooperatives)” मा Certificate of Merit  प्राप्त भएको थियो । यसका साथै बैंकको वार्षिक प्रतिवेदनलाईThe Institute of Chartered Accountants of Nepal(ICAN) द्वारा Best Presented Annual Report— 2018, Best Presented Annual Report— 2017, Best Presented Annual Report — 2015 बाट पनि पुरस्कृत गरिएको थियो । बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 


 यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

 

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


 

प्रतिकृया दिनुहोस