• शनिबार-बैशाख-१५-२०८१

लागुऔषधसहित एक पक्राउ

 

हेटौंडा, कात्तिक २६ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा देखिएकाले सुरक्षा जाँच गर्दा मोक्तानको साथबाट प्रहरीले ५२ प्याकेटमा रहेका १५ हजार ६०० ट्याब्लेट प्रतिबन्धित लागुऔषध ट्रमा बरामद गरिएको जनाएको छ । 

 

आवश्यक कानुनी कारवाहीका लागि बरामद भएका लागुऔषधसहित मोक्तानलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

 

जबर्जस्ती करणीको आरोपमा प्रजा पक्राउ

 

    चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 

    पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का २० वर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता कुर्मीले बताउनुभयो । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । यसअघि प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा पनि उनलाई पक्राउ गरेको थियो । 
 

प्रतिकृया दिनुहोस