• शुक्रबार-बैशाख-१४-२०८१

प्रदेश लोसेआ सदस्य गौतमले लिए शपथ 


बुटवल, २५ कात्तिक : प्रदेश नं ५ को लोकसेवा आयोगको सदस्यमा नियुक्त हुनुभएका बाबुराम गौतमले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँले प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईसमक्ष शपथ लिनुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जीवी पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

 

गुल्मी दरबार गाउँपालिका–२ जुभुङका स्थायी बासिन्दा गौतम केही महिनाअघि मात्र नेपाल सरकारको सहसचिव पदबाट सेवानिवृत्त हुनुभएको थियो । प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित तीन सदस्य हुने व्यवस्था रहे पनि सिफारिस मितिले सिफारिस गरेका एकजना महिला सदस्यको शैक्षिक प्रमाणपत्रमा विवाद उठेपछि आज एकजना सदस्यको मात्र शपथ गराइएको हो ।

 

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो । रासस
 

प्रतिकृया दिनुहोस