• शनिबार-बैशाख-१५-२०८१

बन्दीपुरमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

काठमाडौं, २५ कार्तिक । ग्लोबल आईएमई बैंकले प्रदेश नं ४ को तनहुँ  जिल्ला, बन्दीपुर गाउँपालिका बडा नं २, बन्दीपुरमा  कार्तिक २५ गते देखि नयाँ शाखा शुभारम्भ गरेको छ । यस शाखा  संचालन पछि बैंकको शाखा कार्यलयहरुको संख्या १५० पुगेको छ ।


ग्लोबल आईएमई बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ । 


त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिनाधितो रु. १५ लाखसम्मको प्रोफेशनलकर्जा पनि प्रदानगर्दै आइरहेको छ । साथै बैंकले अष्टेलिया, बेलायत र भारतमा समेत प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदानगर्दै आइरहेको छ ।

 
बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
 

प्रतिकृया दिनुहोस