• बिहीबार-बैशाख-१३-२०८१

जापानमा नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु

 

टोकियो । जापानको सेन्दाइमा एक २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । जापानको सेन्दाइस्थित जापानी भाषा स्कुलमा पढ़दै गरेका पोखराका २६ वर्षीय चिरञ्जीवि गिरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।


शुक्रबार बिहान ४ः२० बजे काममा जादै गर्दा जेब्राक्रसिङमा ट्रकले गिरीले चलाइरहेको साईकललाई ठक्कर दिएको थियो । टाउकोमा गम्भिर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो । उनी तोहोकु ईन्टरनेशनल स्कुलका विद्यार्थी हुन् ।


स्थानीय प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस