• शुक्रबार-बैशाख-१४-२०८१

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंकअलबिलादबीच रेमिट्यान्ससम्झौता

 


काठमाडौं । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्यकार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको कात्तिक ६ गते  बुधबारदेखि औपचारिक सुरुआत भएको हो । 

 

अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १८० भन्दा बढी शाखातथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथाजीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरुमार्फत रकम प्राप्तगर्न सक्नेछन् । बैंक अलबिलादको ईन्जाज रेमिट्यान्स नामकप्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ । 

 

साउदी अरबकालागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्नभएको उक्त कार्यक्रममा दुवै बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमा बोल्दै राजदूत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अलबिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहजहुने बताउँदै नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताएका छन्   । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीच अन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको पनि बताएका छन्   ।

 

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहजहुने बताएका छन् । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उनले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पढाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताए  ।

 

यी दुई बैंकबीचगत जेठ १३ गते यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अलबिलादका महाप्रबन्धक ओमार अलहुसेनले हस्ताक्षर गरेका थिए  ।

 

ग्लोबल आइएमई बैंकले साउदी अरब, युएई, कतार, बहराइन, मलेसिया, भारत, संयुक्तअधिराज्य, अष्टे«लिया, दक्षिण कोरिया, जापान र जोर्डनकाविभिन्नकम्पाीहरुसँग सहकार्य गरी नेपालमारेमिट्यान्स भित्र्याउँदै आएको छ । 

प्रतिकृया दिनुहोस