• शनिबार-बैशाख-१५-२०८१

रंग विरंग : जन्मदै ६ किलो, मिनि सूमो रेस्लर !

 

 

अस्ट्रेलियाको सिड्नीको एक अस्पतालमा २७ बर्षीय इमा नामकी महिलाले ३८ हप्ताको प्रेग्नेन्सी पछि ५.८८ किलोको स्वस्थ बच्चीलाई जन्म दिएकी छिन् । सामान्यतया अस्टे«लियामा नवजात शिशुको तौल ३.३ किलोग्राम हुनेगर्दछ । तर, यस बच्चीको तौले औसतभन्दा लगभग दुई गुणा बढी रहेको छ । यी शिशुको नाम रेमी हो र उनी पूर्णरुपमा स्वस्थ पनि छिन् । इमरजेन्सी सिजेरियन अपरेशन पछि यी शिशु जन्मिएकी थिइन र यी बच्चीलाई देखेर अस्पताल कर्मचारीसमेत छक्क परेका थिए ।

 

योभन्दा पहिले पनि इमाले दुईवटा छोरालाई जन्म दिएकी थिइन । उनको पहिलो छोरा ३.८ केजीको रहेको थियो भने दोस्रो बच्चा ५.५ केजी तौलको थियो । अस्पताल व्यवस्थापनका अनुसार, अस्टे«लियामा ४० प्रतिशतभन्दा बढी बच्चाहरू ३.५ किलो तौलका छन् । 

प्रतिकृया दिनुहोस