• शुक्रबार-बैशाख-१४-२०८१

लास लिएर गएकाे ट्रयाक्टर दुर्घटना

 


असाेज २२, २०७६।  हिजाे साँझ खाेलाले बगाएर मृत्यू भएका दम्पतीकाे लास दाहसंस्कार गर्न काेटिला जाँदै गरेकाे लु २ त ४६९३ नम्बरको ट्रयाक्टर महाबैथान नजिक दुर्घटना हुँदा एक जना महिलाको घाइते भएकी छिन् ।

 

नारायण नपा-२ कुसाडाकी ४८ वर्षकी पूर्णा बिककाे दाहिने हात भाँचिएको छ । ट्रयाक्टरमा सवार १७ जना अरुलाई सामान्य चाेट लागेकाे छ ।

 

सिकारु चालकले सन्तुलन गुमाएपछि ट्रयाक्टर सडकमै पल्टेकाे प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक दशैं विदामा गएकाे कारण सिकारु चालकले ट्रयाक्टर चलाएका थिए ।

 

स्थानीयले घाइतेकाे उद्धार गरी उपाचारकाे लागि दैलेख अस्पताल पुराएका छन्।

 

दुल्लू नपा-११ कालभैरका ४५ वर्षका इन्द्रबहादुर सुनार र उनकी श्रीमती ४० वर्षकी खगिसरा सुनार नारायण नपा-२ कुसाडास्थित माइतीमा दशैं मान्न जाँदा छामघाट खाेलाले काेटिलाघाटबाट बगाउदा दुबै जनाकाे ज्यान गएकाे थियाे ।

 

दैलेख जिल्ला अस्पतालमा मृतकहरुकाे शव परीक्षणपछि दाहसंस्कार गर्न लास लैजाँदै गर्दा काेटिला जाने बाटाेमा गेट नजिकै ट्रयाक्टर पल्टेकाे हाे ।

प्रतिकृया दिनुहोस