• शुक्रबार-बैशाख-७-२०८१

पटके कारवाहीवाला कर्मचारी  नै गृहसचिवका प्रिय ! 

 


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनियमिततामा कारबाहीमा परेका पटके र घुसकाण्डमा परेकाहरुलाई नै दोहो¥याएर सरुवा गरेका छन् । स्वच्छ छविका मानिएका गृह सचिव राईले विगतको अभिलेख नहेरी बदनामहरु छानीछानी अध्यागमन एयरपोर्टमा सरुवा गरेका छन् । 


 हजारौंको संख्यामा भिजिट भिसामा बैदेशिक रोजगारीमा महिला कामदार(हाउसमेड) खाडी राष्ट्र कुवेत, युएई र साउदीअरबमा पठाउने काम दलालहरुको सेटिङमा पठाएका कारण विवादमा परेका अधिकृतहरु नै पुनः अध्यागमनमा सरुवा भएका छन् ।

 

नेपाली युवतीहरुलाई भिजिट भिसामा माल्दिभ्स लगायतका देशमा पठाएको भनेर पनि कुवेतमै पठाउने काम दलालहरुको सेटिङमा अध्यागमन कार्यालय एयरपोर्टबाट हु“दैआएको छ । यसरी दलालले प्रतियुवती ५ लाख रुपैया“ लिने र १ लाख ५० हजार रुपैयाँ  अध्यागमनमा घुस दिएर पठाउने गरेका छन् ।

 

ती महिलाहरुको अभिलेख नै नराखी अध्यागमनका कर्मचारीले डिपार्चर स्ट्याम्प लगाएर खाडी राष्ट्र उडाउने गरेका छन् । अभिलेख नभएपछि खाडी राष्ट्रमा गएका महिलाले यौनहिंसाको शिकार भए वा मारिए पनि रोजगारदाता वा बैदेशिक रोजगार प्रबर्ध्दन  बोर्डबाट कुनै किसिमको क्षतिपूर्ति पाउन सक्दैनन् ।

 

खाडी राष्ट्रमा महिला कामदार नेपालबाट पठाउन नै पाइँदैन । कानूनी रुपमा पठाउन नपाएपछि रोजगारदाताबाट प्रति महिला कामदार ५ लाख लिएर दलालहरुले अध्यागमन सेटिङ गरी हजारौंको संख्यामा पठाउने गरेका छन् । यसरी एक महिला बराबर १ लाख ५० हजार घुस खाने बानी परेकाहरु पुनः एयरपोर्ट अध्यागमनमा फर्किएका छन् ।

 

अध्यागमन अधिकृत राजकुमार दुलाल, दिवाकर शर्मा, प्रदीप ढकाल, बिष्णुरन्जन बराल लगायतका कर्मचारीहरु विगतमा अध्यागमन कार्यालय एयरपोर्टमा बसी जे जस्ता हर्कत गरेर पनि घुस खाएर बदनाम भएका कर्मचारीमा पर्दछन् । 


दुलालले भारतीय दूताबासको पत्र(नो अब्जेक्सन लेटर) नभएका भारतीयलाई पनि घुस लिंदै अध्यागमनबाट उडाउने गरेको आरोप खेपेका थिए । नेपालको विभानस्थल भएर जाने भारतीय नागरिकलाई अध्यागमनले दूताबासको नो अब्जेक्सन लेटर भए मात्र जान अनुमति दिनुपर्ने ब्यवस्था छ । तर, अधिकृत दुलालले पत्र नभएका भारतीयलाई उडाउने गरेका थिए ।

 

१ लाख रुपैया“ घुस लिएर शंकास्पद ब्यक्तिलाई पनि उडाउने गरेको खुलेपछि उनलाई विगतमा एयरपोर्टबाट तानिएको थियो । तर, उनलाई गृहसचिव राईले विगतको खराब रेकर्ड नै नहेरी फेरि एयरपोर्टमै पठाएका छन् । अर्का अध्यागमन अधिकृत दिवाकर शर्मा यसअघि विमानस्थलमा चारबर्ष कार्यरत रहँदा भ्रष्टाचार आरोपमा निलम्बनमै परेका थिए । अख्तियारले उनलाई निलम्बन गरेको थियो । मुद्दा जितेका शर्मा पुुनः अध्यागमनमै फर्किएका छन् ।

 

एकपटक बदनाम भएकालाई पुनः पठाइएपछि एयरपोर्टमा उनीहरुले घुस पाए नाबालिकालाई खाडी राष्ट्रमा उडाउन पनि पछि पर्दैनन् भन्ने कुरामा गृहसचिव राईको ध्यान पुग्न नसकेको गुनासो मन्त्रालयकै कर्मचारीहरुको रहेको छ । 


अनियमिततामा मुछिएका अधिकृत प्रदीप ढकाललाई मुगुमा सरुवा गरेको १ बर्ष पनि नबिती पुनः अध्यागमनमा ल्याइएको छ । कम्प्युटर अप्रेटर हुँदा बैदेशिक रोजगार विभागको श्रम डेस्क एयरपोर्टमा बसी घुस खाएर करोडौं कमाएका ढकाललाई पुनः अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।

 

श्रम डेस्कबाट उनलाई अनियमितताको आरोपमा कारबाही गरी मुगु सरुवा गरिएको थियो । तर अहिले पुनः अध्यागमन एयरपोर्टमा सरुवा गरिएको छ । तल्लो पदमा हु“दा बैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीलाई अध्यागमन कार्यालयमा सरुवा गर्न मिल्दैन । तर, ढकाललाई नीति विपरीत अध्यागमनमा सरुवा गरिएको छ ।

 

बिष्णुरन्जन बराल ४ बर्ष अध्यागमनमा बसिसकेका अधिकृत हुन् । तर, उनलाई ४ बर्ष बसी सात पुस्तालाई पुग्ने कमाएर मात्र नपुगी आठौं पुस्तालाई कमाउन उनी फेरि अध्यागमन एयरपोर्टमा सरुवा भए भन्न थालिएको छ । उनी अध्यागमनबाट बाहिरिएको २ बर्ष पनि भएको छैन ।     
 फोटो : गुगल सर्च 

प्रतिकृया दिनुहोस