• शनिबार-बैशाख-१५-२०८१

जीवनधारा : रिसमाथि नियन्त्रण !? 

 

एउटी महिला जहिले पनि सानोतिनो कुरामा पनि झनक्क रिसाउँथिन् । उनको यो असाध्य रिसाउने स्वभावबाट सवै आफन्त हैरान थिए । एकदिनको कुरा हो– उनको घरमा एकजना साधु आए । ती महिलाले साधुलाई भनिन् ‘महाराज † मलाई अनावश्यक रुपमा पनि असाध्यै रिस उठ्छ, नियन्त्रण गर्नै सक्दिन ।’ ती महिलाको कुरा सुनेर साधुले एक सिसी दिंदै भने–यो सिसीबाट एक–एक थोपा औषधि निस्कन्छ । जब तिमीलाई रिस उठ्छ, यो सिसीको औषधि खाइरहनु, जवसम्म रिस शान्त हुँदैन ।

 

सात दिनपछि जब ती साधु महाराज ती महिला भएको ठाउँमा के पुगेका थिए, महिला साधुको चरणमा घोप्टो पर्न पुगिन् र भन्न थालिन्–‘महाराज ! आखिर कुन त्यस्तो औषधि दिनुभयो– एक हप्तामै ममा यति धेरै परिवर्तन हुन गयो । जवाफमा साधुले भने–‘छोरी त्यो सिसीमा कुनै औषधि थिएन–त्यसमा त मात्र शुद्ध पानी थियो । रिसलाई नियन्त्रण गर्ने सबभन्दा अचुक औषधि हो, मुख बन्द राख्नु । रिस उठेको बेला मानिस जति धेरै बकबक गर्छ, त्यति धेरै नोक्सान हुन्छ ।

 

साधुका यी अमृत बचन सुनेर ती महिलाले भनिन् ‘महाराज † तपाईंले सत्य कुरा भन्नुभयो, यदि हामीले रिसको झोंलाई नियन्त्रण गर्न सक्यौ र चुप बस्यौं भने व्यर्थको आपत्ति विपत्तिबाट पनि बच्न सक्छौं ।

प्रतिकृया दिनुहोस