• बिहीबार-बैशाख-१३-२०८१

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

 

हाङझोउ, असोज १३ । चीनको झेजिआङ प्रान्तको निङ्बो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । 


दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा  आगलागी शुरु भएको बताइएको छ । 


स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ । (रासस /सिन्ह्वा)
 

प्रतिकृया दिनुहोस