• शनिबार-बैशाख-१५-२०८१

रंगविरंग : यी हुन् सेनाबिनाका पाँच देश

 

देशको सुरक्षा प्रणाली विभिन्न किसिमको हुने गर्दछ र जिम्मेवारी पनि त्यसरी बाँडफाँड गरिएको हुन्छ । कुनै पनि देशको प्रमुख सुरक्षा निकायको रुपमा सेना (आर्मी) रहने गर्दछन् । सीमा सुरक्षादेखि लिएर आतंकवादविरुद्धको जिम्मेवारी उठाएको हुन्छ सेनाले । तर, विश्वका केही यस्ता देशहरू पनि छन् जसको आफ्नै सेना भने छैन । यी देशहरूले आफ्नो सीमा सुरक्षाको जिम्मेवारी अन्य देशलाई दिएका छन् । जानौं त्यस्ता पाँच देश जसको आफ्नै सेना भने छैन ।

 

युरोपेली तथा विश्वकै सबैभन्दा सानो मुलुक भ्याटिकन सिटीको आफ्नै सेना छैन । पहिले यस देशमा नोबल गार्ड हुने गर्दथे, तर सन् १९७० मा यस संस्थालाई हटाइयो । यस देशको सुरक्षाको जिम्मेवारी इटालीको सेनाले गर्दछ । यस्तै युरोपेली मुलुक तथा विश्वकै दोस्रो सानो देश मोनाकोमा पनि सेना छैन । दुई साना साना सुरक्षा टुकडी छन् जसमध्ये एकले राजकुमारको सुरक्षा गर्दछ भने एकले नागरिकहरूको ।

 

 

यस देशको सीमा सुरक्षाको जिम्मेवारी फ्रान्सेली सेनाले लिएको छ । मौरिसस एक बहुसांस्कृतिक मुलुक हो । यस देशमा पनि कुनै सेना छैन । यहाँ १० हजार प्रहरीहरू भने छन् जसले आन्तरिक र बाहिरी दुवै सुरक्षाको जिम्मेवारी सम्हालेका छन् । युरोपको दोस्रो ठूलो द्वीप आइसल्याण्डमा पनि सन् १८६९ देखि कुनै सेना छैन । यो देश नाटोको सदस्य राष्ट्र हो र यसको सुरक्षा जिम्मेवारी अमेरिकाले लिएको छ ।

 

मध्यअमेरिकी राष्ट्र कोस्टारिकाको पनि आफ्नै सेना छ्रैन । सन् १९४८ मा यो मुलुकमा ठूलो गृहयुद्ध भएको थियो र त्यसपश्चात यस देशको सेना समाप्त गरिएको थियो । कोस्टारिकाको आन्तरिक तथा बाह्य मामिला पनि यहाँको प्रहरीले नै हेर्ने गर्दछ । 
 

प्रतिकृया दिनुहोस