• शनिबार-बैशाख-८-२०८१

यस्तो छ प्रधानसेनापति थापाको सम्पत्ति विवरण : घर, ५५ तोला सुन र बैंकका केही शेयर

 

काठमाडौं, भदौ २४ । पूर्णचन्द्र थापाले नेपाली सेनामा प्रधानसेनापतिको कार्यभार सम्हालेको एक बर्ष पुरा भएको छ । यसै अवसरमा भदौ २४ आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उद्घोष गरेका थिए । 

नेपाली सेनालाई अझ पारदर्शी र मजबुत बनाउनका लागि आफैंबाट सुरुवात गर्नुपर्ने धारणा व्यक्त गर्दै थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सेनालाई पारदर्शी बनाउन थापाले अन्य सैन्य अधिकृतहरुलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । सेनापतिको सम्पत्तिमा लमजुममा पैतृक सम्पत्ति, ५५ तोला सुन, ५९० तोला चाँदी र बैंकहरुमा केही शेयर रहेको छ । 

यस्तो छ प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण : 

 


प्रतिकृया दिनुहोस