• शुक्रबार-चैत-१६-२०८०

बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

 

बैतडी, भदौ २५ । बलात्कारको आरोपमा एक इन्जीनियर पक्राउ परेका छन् ।  मङ्गलबार साँझ प्रहरीको टोलीले मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई पक्राउ गरेको हो । 

 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले चन्दलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

 


किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता किसन चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस