• शनिबार-बैशाख-८-२०८१

महिन्द्राका एजेन्ट अग्निको ठगी ? : सांसदलाई ६ करोडको थोत्रा जीप !

 

काठमाडौं । दुई महिना अगाडि संसद सचिवालयले संसदीय समितिका सभापतिहरूका निम्ति भनेर एघार वटा महिन्द्रा जीप खरिद गरेको थियो । प्रति जीप ५५ लाखमा अग्नि इन्कर्पोरेटेड प्रालिबाट खरिद गरिएका ती जीपहरूको प्राविधिक अवस्था खराब रहेको समितिका सभापतिहरूसँगै चालकले समेत गुनासो गरेका थिए । सोरुमबाट सीधै खरिद गरेर ल्याइएका रु. ६ करोड पाँच लाखका महिन्द्रा जीपहरूमा स्टार्ट नहुने प्रमुख समस्या रहेको थियो भने गुड्न थालेपछि थोत्रो गाडीजस्तै थर्किने अर्काे समस्या थियो ।

 

यसैगरी केही जीपमा गियर परिवर्तन गर्दा तथा एक्सीलेटर थिच्दा हर्न बज्ने हुन्थ्यो । ढोका र झ्यालमा समेत समस्या देखिएपछि यी जीपका चालकले समितिका सभापतिलाई र सभापतिले सभामुख कृष्णबहादुर महरालाई शिकायत गरेका थिए । 

 


त्यसपछि सभामुख महराले यी गाडीहरूको अवस्था र खरिद प्रक्रिया छानबिन गर्न सांसद रामनारायण बिडारीलाई जिम्मेवारी दिएका थिए । यसरी खराब अवस्थामा रहेका भनिएका महिन्द्रा जीपहरूको प्राविधिकसँगै खरिद प्रक्रियाको अध्ययन गर्ने क्रममा सांसद बिडारीले सार्वजनिकरुपमा नै अग्नि कन्टिनेन्टलसँग खरिद गरिएका ११ वटामध्ये अधिकांश महिन्द्रा जीपको अवस्था खराब रहेको महसुस गरेसँगै सांसद बिडारीले सार्वजनिकरुपमा नै यी जीपहरूको गियर थिच्दा हर्न बज्ने, ढोका खोल्न कठिनाई हुने तथा स्टार्ट हुनसमेत समस्या पर्ने बताएका थिए ।

 

तर, सांसद बिडारीले यस सम्बन्धमा सभामुखलाई दिएको प्रतिवेदनमा भने एकातिर ११ मध्ये ५ वटा महिन्द्रा जीप काम नै नलाग्ने निष्कर्ष निकाल्दै फिर्ता गर्नुपर्ने सल्लाह दिएका छन् भने बाँकी जीपहरूको अवस्था सामान्य रहेको भन्दै खरिद प्रक्रियामा अनियमितता नभएको निष्कर्ष पनि आफ्नो प्रतिवेदनमा निकालेको स्रँेत बताउछ । 

 


राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले आपूmले चढ्ने गरेको महिन्द्रा जीपका सम्बन्धमा छानबिनको जिम्मा लिएका सांसद रामनारायण बिडारीले सम्पर्कसमेत नगरेको आरोप लगाएकी छिन् ।
 

प्रतिकृया दिनुहोस