• बिहीबार-चैत-१५-२०८०

एकीकृत अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय


काठमाडौँ, १३ भदौ (रासस) :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि भदौ  १३ गते बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए  । 

 

    बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए । बैठकले एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ । बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ । 

 

    अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहेका छन्  । यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक  रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहेका छन् । आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् । 

 

    बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए  । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ । एकता पछि अनेरास्ववियुले बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ ।
–––

प्रतिकृया दिनुहोस