• शनिबार-बैशाख-१५-२०८१

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

 

काठमाडौं, भदौ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले  सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उनी आफ्नी श्रीमती कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन् । 

 


‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन् । 

 


बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने  र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउने बताइएको छ । गुरुङको अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए । मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रतिकृया दिनुहोस