• शुक्रबार-बैशाख-१४-२०८१

सगरमाथा इन्स्योरेन्सका बीमाकर्ताले एनआइसी बैंकबाट प्रिमियम भर्न सक्ने

 

काठमाडौं, भदौ ५ । सगरमाथा इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले अब एनआइसी एसिया बैंकको डिजिटल च्यानलमार्फत बिमा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । एनआइसी र सगरमाथाबीच भएको सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्सका बीमाकर्ताहरुले एनआईसी एसियाको मोबाइल बैंकिङलगायत एनसीएचएल कनेक्ट आईपीएस र फोन पे एप मार्फत प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 

 

 

यस सम्झौता पत्रमा एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । 

 

 

सम्झौतासँगै ग्राहकहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
 

प्रतिकृया दिनुहोस