• शनिबार-बैशाख-१५-२०८१

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको काउन्टर 

 

काठमाडौँ, ३ भदौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर २०७६ भदौ २ गतेबाट सञ्चालनमा ल्याएको छ । 

 

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको थियो  । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । 

 

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ ।

 

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् । 
 

प्रतिकृया दिनुहोस