• शनिबार-बैशाख-१५-२०८१

पर्यटन बर्ष सफल पार्नका लागि टनकपुर नाका संचालन गर्नुपर्छ सांसद डा. भट्ट

सांसद डा. दीपक प्रकास भट्ट



कञ्चनपुर, साउन २९। कञ्चनपुरका सांसद डा. दीपक प्रकास भट्टले पर्यटन प्रबर्ध्दनका लागि पश्चिमी टनकपुर नाका संचालन गर्न माग अघि सारेका  छन् । 
मंगलबार प्रतिनिधि  सभाको शून्य समयमा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टले पर्यटन प्रर्बद्धनका लागि टनकपुर नाका खोल्न माग अघि सारेका हुन् । 


एकीकृत महाकाली सन्धिमा महेन्द्रनगर –ब्रम्हदेब १३ किलोमिटर लिक रोड खोल्ने सम्झौता छ । तर, नेपाली पक्षले भाँसीदेखि ब्रम्हदेबसम्म लिक रोड बनाउँदा समेत भारतीय पक्षबाट चासो नदिदा उक्त नाकाले गति लिन सकेको छैन् । एकीकृत महाकाली सन्धि भएको २३ बर्ष वितिसक्दा पनि नेपालसंगको सीधा भारतको टनकपुर जोडिएको छैन् । 


टनकपुर नाका संचालनमा नआउँदा पश्चिमी नाकाको विस्तार हुन सकेको छैन् । सांसद भट्टले सुदूरपश्चिममा थुप्रै पर्यटकीयस्थल हुँदाहुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मात्रै पर्यटकीय सुचीमा राखिएको भन्दै रामारोसन, खप्तड, बडिमालीका र सात हजार भन्दा बढी  उचाईमा रहेका अपिसैपाल रहेको समेत सभामुखको ध्यानाकर्षण गराए । 


सांसद भट्टले टनकपुर नाका संचालनका साथै पर्यटन सेवा र सुविधा केन्द्रका लागि भीमदत्त नगरका सूचना केन्द्र खोल्न समेत माग गरेका छन् । 


‘हामी पर्यटन भ्रमण बर्ष सन २०२० भव्य रुपमा मनाउने तयारीमा छौँ, तर विदेशीहरुले नेपालमा पर्यटकका लागि नेपालमा आउँदा सुदूरपश्चिमा पर्यटकिय स्थलका रुपमा बुझ्न जाँदा शुक्लाफाँटा मात्रै ठाँउ भेटियो, सांसद डा. भट्टले भने, ‘सुपले पर्यटन भ्रमण बर्षले कसरी मलाउने कहींपनि पूर्वाधार बनाएनौँ, भने त्यसमा लामबद्ध हुनसक्छौँ ।’

 

पर्यटन भ्रमण सफल पार्नका लागि समेत सम्बन्धीत निकायले टनकपुर नाका खोल्नका लागि पहल गर्न समेत सांसद भट्टले आग्रह गरेका छन् । सांसद  भट्टले प्रतिनिधि  सभामा उठान गरेका विषयमा सुदूरपश्चिम प्रदेशका उद्योगी, पर्यटन व्यवसायी, नागरिक समाज प्रसंशा  गर्दै सरकारले यस क्षेत्रका पर्यटकीय गन्तव्यको विषयमा गम्भीर  हुन आब्हान गरेका छन् ।

प्रतिकृया दिनुहोस