• मंगलबार-बैशाख-४-२०८१

सीकेले भदौ १ गते काठमाडौंमा पार्टी कार्यालय खोल्ने 

 

काठमाडौं, साउन २९ । पृथकतावादी अभियानमा लागेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई केपी ओली नेतृत्वको सरकारले गतवर्ष फागुनमा  मूलधारमा ल्याउन सफल भएको थियो । मूलधारमा आएपछि आफ्ना गतिविधिलाई साम्य बनाउँदै राजनीतिक आधार तयार गर्न सीके राउत नेतृत्वको पार्टीले लामो समयदेखि आन्तरिक गृहकार्य गर्दै आइरहेको थियो । 

 


पार्टीको संस्थागत विकासलाई जोड दिँदै सीके राउत नेतृत्वको गठबन्धनले आगामी २०७६ भदौ १ गते ज्ञानेश्वरमा पार्टीको केन्द्रीय कार्यालय स्थापना गर्न लागेको स्रोत बताउँछ । स्रोतका अनुसार, विदेशमा रहेका सीके राउत भदौ १ मा नै नेपाल आउने र पार्टी कार्यालय उद्घाटन गर्ने योजना रहेको बताइन्छ । 
 

प्रतिकृया दिनुहोस