• शुक्रबार-बैशाख-१४-२०८१

शंकाको घेरामा साग 

 

 

काठमाडौं । २०७६ मंसिर १५ गतेबाट काठमाडौं र पोखरामा सुरु हुने साग (साउथ एसियन गेम्स्) को १३ औं संस्करणको भव्य तयारी भइराखेको दाबी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले दाबी गर्दै आएका छन् ।

 

तर सागको १३ संस्करण आगामी मंसिर १५ गतेबाट हुने तय भएको भएपनि जम्मु काश्मिर घटनाको कारण यो खेलकूद पूर्णरुपमा अन्योलमा पर्न गएको छ र यो १५ गतेबाट सुरु हुने कार्यक्रम रहेको साग खेलकूद हुने भन्दा नहुने सम्भावना बढिरहेको छ । तर साफ खेलकूद हुने सम्भावना अत्यन्त कम भइराखेको अवस्थामा रमेश सिलवालले नेतृत्व गरिराखेको राष्ट्रिय खेलकूद परिषद्ले भने यो खेलकूदको भव्य तयारी भनेर रकमेको खोलो बगाइराखेको छ । 

 


आतंकवादलाई प्रश्रय दिएको भनेर पाकिस्तानको राजधानी इस्लामावादका निम्ति तय भएको सार्कको १९ शिखर सम्मेलनमा भाग लिन भारतले अस्वीकार गरेपछि सन् २०१७ मा हुनुपर्ने सार्कको १९ औं शिखर सम्मलेन अहिलेसम्म भएको छैन । अहिले भारत सरकारले जम्मु काश्मिरलाई दिएको विशेष हैसियत फिर्ता लिएको भनेर रुष्ट बन्न पुगेको पाकिस्तानले भारतसँगको राजदूतस्तरको सम्बन्ध समाप्त पारेको छ । यसैगरी दुई देशको सद्भाव बढाउन भनेर सुरु गरिएको रेल सेवा पनि एकतर्फी निर्णय गरेर पाकिस्तानले बन्द गरेको छ ।

 

यस्तो स्थितिमा पाकिस्तानले आफ्ना खेलाडीहरूलाई भारतीय खेलाडीहरूसँग प्रतिस्पर्धा गराउन भनेर काठमाडौं पठाउने सम्भावना अत्यन्त कम छ । तर यो स्थितिलाई विश्लेषण नै नगरी राष्ट्रिय खेलकूद परिषद् भने १३ औं सागको तयारीको निम्ति भनेर काठमाडौं र पोखरामा पैसाको खोलो बगाउने र दुरुपयोग गर्ने काम गरिराखेको छ ।  
 

प्रतिकृया दिनुहोस