• शुक्रबार-बैशाख-१४-२०८१

घोष्ट राइटिंग नेपालको बेइमानी धन्दा 

काठमाडौं । काठमाडौंको नयाँ  बानेश्वरस्थित थापागाउँमा कार्यालय रहेको घोस्ट राइटिङ नेपाल प्राइभेट लिमिटेडले आफ्नो संस्थाको मुख्य उद्देश्यमा पुस्तक लेखन तथा प्रकाशन गर्ने भनेर उल्लेख गरे पनि व्यवहारमा भने संस्थागत लुटतन्त्र र बेइमानी धन्दा मच्चाइरहेको खुलेको छ । यस संस्थाका सञ्चालक रहेका कमल ढकाल संस्थाको उद्देश्यको आवरण एकातिर देखाएर कर्मचारीदेखि लेखक, नेता, साहित्यकार र पत्रकारहरूलाई ठग्ने धन्दामा संलग्न भइरहेको गुनासो पीडितहरुको रहेको छ ।

 

८० जना पत्रकार र लेखकहरू आबद्ध भएको दाबी गर्ने यस संस्थाले विभिन्न साहित्यकार, विभिन्न ब्यवसायी, पेशाकर्मीहरु र राजनीतिक नेताहरूसंग पुस्तक प्रकाशनका लागि सम्झौता गर्ने, अग्रिम पैसा लिने । ठेक्कामा लेखकहरुलाई त्यस्ता ब्यक्तिको बारेमा पुस्तक लेख्नका लागि सम्झौता गर्ने । तर, दुबै पक्षसंग गरेको सम्झौता अनुरूपको काम नगर्ने गरेको आरोप लागेको छ । 


 यसका साथै संस्थामा कार्यरत कर्मचारीहरूसमेतलाई तलब–भत्ता नदिएर काम गराउने गरेको पाइएको छ । यसैबीच घोस्ट राइटिङ नेपाल प्राइभेट लिमिटेडका सञ्चालक तथा पूर्व म्यानपावर ब्यवसायी कमल ढकालका बेथितीहरू भन्दै त्यहा“ कार्यरत असन्तुष्ट कर्मचारीहरूले आफूहरू असन्तुष्ट हुनुका २८ वटा मुख्य कारणहरू रहेको उल्लेख गर्दै सञ्चालक ढकालको चरित्रको भण्डाफोरसमेत गरेर उदाङ्गो पारेपछि कतिपयले संस्था छाडेर समेत हिंडेको पीडित कर्मचारीले बताए ।

तिनीहरूमा मुख्यतः संगठनको उद्देश्य, योजना, रणनीति, सञ्चालन र व्यवस्थापनबीच तामेल नहुनु, कर्मचारीहरूको असन्तुष्टीका रूपमा विगतका आश्वासन र वर्तमानका व्यवहारमा तालमेल नहुनु, कामको सही मूल्याङ्कन नहुनु, कर्मचारी नियुक्ति नहुनु, काम, कर्तव्य, अधिकार तथा सुविधा र सुरक्षा नहुनु, कर्मचारीको गुनासो र सुझावको अवमूल्यन गर्नुलगायतका रहेका छन् ।


त्यसैगरी सञ्चालक ढकालका व्यवहारप्रति त्यहा“ कार्यरत कर्मचारीहरूले केही समय अघि आक्रोस ब्यक्त गर्दै ज्ञापनपत्रमार्फत प्रश्न उठाउँदै सुधारका लागि अनुरोध समेत गरेका थिए । संस्थामा हैसियत अनुसारको व्यवहार र समानता हुन नसकेको, संस्थामा पारदर्शिताको अभाव रहेको, कर्मचारीप्रति अविश्वासको अवस्था रहेको, श्रमको मूल्याङ्कन नभएको, व्यक्तिगत स्वार्थमा निर्लिप्त रहेको, मानवीय मूल्यलाई बेवास्ता गरेको, पछिल्लो समयमा कर्मचारीप्रति गरिएको अपमान र व्यवहारले कर्मचारी आजित भई कार्यक्षमता ह्रास आउँदै गरेको, कामप्रति उदासीनता रहेको, काममा हस्तक्षेप हुने गरेकोे जस्ता आरोपहरू सञ्चालक ढकालमाथि लागेका छन् ।


सञ्चालक ढकालमाथि यसरी आरोप लगाउनेमा त्यहा“ कार्यरत पार्वती क“डेल, रेनुका खरेल, अजय तामाङ, स्मृति ढकाल, अर्जुन ढुंगाना, सुमित्रा तामाङ, अस्मिता पुडासैनी, निशा सापकोटा र विनु पोखरेल रहेका थिए । आफूहरूले औंल्याएका मागहरूको कुनै सुनुवाइ नभएमा आफूहरू जुनसुकै कदम चाल्न पछि नपर्ने चेतावनीसमेत उनीहरूले दिएका थिए । यसरी आरोप लगाएर आन्दोलन गर्ने कर्मचारीहरु मध्ये कतिपयले संस्थालाई बाईबाई गरेर हिंडेको पनि थाहा भएको छ । 


यसैबीच, सञ्चालकको सोही ठगीधन्दामा कान्तिपुर प्रकाशनको आइतबारे साप्ताहिकमा कार्यरत एक पत्रकार पनि संलग्न रही दलालका रूपमा काम गर्ने गरेको पाइएको छ । उनले पनि ठेक्काका रूपमा विभिन्न कामहरू सञ्चालक ढकालबाट सम्झौता गरी लिने, सोबापतको पैसा अगाडि नै लिई कुम्ल्याउने र आफू कार्यरत संस्था तथा बाहिरका कतिपयलाई काम दिने गरेको तर मौखिक सहमति अनुरूपको पारिश्रमिकचाहि“ काम गर्नेलाई नदिई अलमल्याउने गरेको समेत एक पीडितले साँघुलाई बताए ।  

प्रतिकृया दिनुहोस