• शुक्रबार-बैशाख-१४-२०८१

बोलेरो जिप दुर्घटनामा १४ घाइते चार जनाको अवस्था गम्भीर


धादिङ, २८ साउन : ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज  भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ । 

 

धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए  ।

 

यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए  । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर  पठाइएको छ । 
 

प्रतिकृया दिनुहोस