• शुक्रबार-चैत-१६-२०८०

रंग विरंग : नदीमा बन्यो तैरिने होटल

 

घुम्ने होइन त तैरिने होटल । युरोपेली मुलुक स्वीडेनको ल्यापल्याण्ड क्षेत्रस्थित ल्यूल नदीमा एउटा तैरिने होटल निर्माण भइरहेको छ । मानिसहरू यस होटलप्रति यति आकर्षित भइसकेका छन् कि सन् २०२१ लागि अहिलेदेखि नै बुकिङ सुरु भइसकेको छ । होटलको नाम ‘द आर्कटिक वाथ’ राखिएको छ । यस नदीको पानी जाडोमा जम्ने गर्दछ ।

 

यो होटल गर्मीको समयमा पानीमाथि तैरिने छ भने जाडोयाममा पानी जम्ने गर्दछ र हिउँमाथि होटल ठडिने छ । खबरका अनुसार, यो होटल स्पा सेन्टर सु–स्वास्थ्यको थिममा आधारित भएर निर्माण गरिएको हो । यहाँ ग्राहकको पोषण, कसरत र मनको शान्तिका लागि विशेष थेरापी दिइने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस