प्रहरीका लेखापाल सरुवामा मापदण्ड मिचियो
काठमाडौं । नेपाल प्रहरीले आर्थिक बर्षको सुरुमै लेखापालहरुको सरुवा गरेको छ । प्रहरी नायव निरीक्षक(सई)दर्जाका १ सय ५१ र असई दर्जाका १ सय ७५ लेखापालको सरुवा भएको छ ।
लेखापाल सरुवामा विगतमा अपनाइएका विधिहरु यो पटक भत्काइएको छ । जस्तो ‘क’ वर्गका कार्यालय वा जिल्लाबाट ‘क’ मै सरुवा नगर्ने नीति यो पटक पालना गरिए । लेखापाल सरुवा गर्दा विगतमा जिल्लाबाट जिल्लामै नगर्ने नीति थियो । तर, यो पटक त्यो नीति उल्लंघन गर्दै जिल्लाबाट जिल्लामा सरुवा गरिएको छ । ‘क’ बाट ‘क’ वर्गकै कार्यालयमा सरुवा गरिएको छ ।
लेखापालको तालिम प्रवेशदेखि सरुवामा आकर्षक जिल्लामा जानका लागि पैसा र पहुँचको प्रयोग बढी हुन हुन थालेपछि उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी)बाट सुरुमा ८ वर्षे नीति ल्याइयो । पछिल्लो बर्ष ६ बर्ष लेखापालमा लगातार कार्य गर्नेलाई लेखाबाट बाहिर काम गर्नुपर्ने नीति बन्यो ।
आईजीपी प्रकाश अर्यालले पनि त्यसलाई निरन्तरता दिए । हालका आइजीपी सर्वेन्द्र खनालले पनि दिएका छन् । यो नीति परिवर्तन नभए पनि जिल्ला वा गणबाट सोही प्रकृतिका कार्यालयमा सरुवा नगर्ने नीतिको उल्लंघन यो पटकको सरुवामा देखिएको छ । लेखापाल सरुवामा आर्थिक प्रशासन र आन्तरिक लेखा परीक्षणका डीएसपी मदन थापा मगरले चलखेल गरेको आरोप छ । लेखापाल सरुवामा जिल्लाबाट जिल्लामै सरुवा गर्नका लागि दररेट तय गरी घुस संकलन गरेको आरोप छ ।
शान्ति मिसनमा जानेलाई लेखामा सरुवा नगर्ने नीति रहेको छ । तर, यो नीति पालना हुन सकेन । शान्ति मिसनमा पास भएर बसेका ६ भन्दा बढी लेखापाललाई आकर्षक जिल्ला वा महाशाखाको जिम्मा दिइएको छ । काठमाडौं परिसरमा सरुवा भएकी लेखापाल पुनम चन्द, महानगरीय ट्राफिक प्रहरी महाशाखाकी निरु सुवेदी पेट्रोल पम्पमा आएकी उर्मिला रानाभाट र सीआइबीमा ल्याइएकी सिताकुमारी सिंह मिसन पास भएर बसेका सई हुन् । तर, उनीहरुले मिसनमा छानिए पनि महत्वपूर्ण कार्यालयका लेखापालमा सरुवा हुने मौका पाएका छन् । सई चन्दलाई तत्कालीन आर्थिक प्रशासनका प्रमुख एसएसपी पवन खरेलले कल्याणबाट अपराध अनुसन्धान महाशाखामा सरुवा गरेका थिए । हालका आइजीपी खनाल त्यतिबेला महाशाखा प्रमुख थिए । पछि सीआइबीमा सरुवा भइन् ।
महाशाखामा हुँदा आइजीपीसंग भएको चिनजानका आधारमा उनलाई अहिले लेखापालका लागि सर्वाधिक आकर्षक काठमाडौं परिसरमा सरुवा गरिएको छ । लेखाको त्यति ज्ञान नभएकी चन्दले ट्वाइसीबाट सबै काम गराउने गरेकी छिन् । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईका पीएसओकी श्रीमती निरु सुवेदीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ ।
गृहसचिव राईको भनसुनमा सुवेदी चार महिनाअघि महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारको लेखापालमा सरुवा भएकी थिइन् । धनबहादुर डाँगा मिसनमा गएपछि रिक्त लेखापालमा उनलाई लगिएको थियो । ४ महिनापछि नै उनलाई ट्राफिक महाशाखामा ल्याउन पनि गृहसचिव राईकै दबाबले काम गरेको प्रहरी स्रोतको दाबी छ ।
गृहसचिवकै भनसुनमा कल्पना राईलाई बालाजु बृत्त सातदोबाटो हुँदै चापागाउँ बृत्तमा हालिएको छ । ऋषिधन राईलाई लैनचौर बृत्तबाट विशेष ब्यूरोको लेखापालमा लगिएको छ । विशेष ब्यूरो पनि लेखापालका लागि आकर्षक नै मानिन्छ । लेखापालमा कसर मनग्य सम्पत्ति कमाउन सफल उर्मिला रानाभाटलाई पेट्रोल पम्पमा सरुवा गरिएको छ ।
पेट्रोल पम्पमा बाहिरका लेखापालसंग मिलेर कुपनको खेती हुने गरेको स्रोत बताउछ । प्रहरी महिला संघकी सीताकुमारी सिंहलाई संघबाट सीआइबीमा सरुवा गरिएको छ । उनका पति देवेन्द्र पाल कल्याण शाखामा सई रहेका छन् । उनले नै चलखेल गरी सीतालाई सीआइबीको लेखापालमा सरुवा गराएको चर्चँ प्रहरी हेडक्वार्टरमा हुने गरेको छ ।
लेखापालका लागि जिल्लाहरु सबैभन्दा आकर्षक मानिन्छ । त्यसपछिका आकर्षक भनेका गण र तालिम केन्द्र हुन् । सरुवामा जिल्लाबाट जिल्ला पाउने लेखापालमा दाङका कृष्णप्रंसाद सापकोटा पर्वत छन् । केदार सापकोटा इलामबाट झापा, गणेशबहादुर थापा प्यूठानबाट सुर्खेत, चन्द्रबहादुर गुरुङ दोलखाबाट प्यूठान, दुर्गानाथ पौडेल गोर्खाबाट मुस्ताङ, नरबहादुर खत्री बर्दियाबाट दाङ, नरेन्द्रप्रसाद देवकोटा रुपन्देहीबाट दैलेखमा सरुवा भएका छन् ।
प्रकाश केसी झापाबाट सोलुखुम्बु, बाबुराम ढकाल नुवाकोटबाट लमजुङ, भरतनाथ योगी कैलालीबाट दार्चुला, भोजराज केसी डोटीबाट सल्यान, रमेश शाही रोल्पाबाट रुपन्देही, लोकदर्शन देवकोटा ताप्लेजुङबाट दोलखा छन् ।
त्यस्तै, जिल्लाबाट जिल्लामै सरुवा हुनेहरुमा हरिबहादुर खड्का सिरहबाट इलाम, विजयकुमार राई पर्साबाट सुनसरी, वीरेन्द्रबहादुर चन्द बैतडीबाट डोटी, श्यामकृष्ण थापा महोत्तरीबाट रामेछाप, राजेन्द्र पोखरेल भोजपुरबाट बारा, संदीपकुमार कार्की उदयपुरबाट तेह्रथुम छन् ।
आकर्षक जिल्ला र गणबाट सोही प्रकृतिका कार्यालायमा सरुवा हुने लेखापालहरुमा बिपनकुमार थापा कपिलवस्तुबाट पोखरा गण, विष्णु थापा अपराध अनुुुसन्धान महाशाखाबाट काभ्रे, मोहनराज मैनाली सर्लाहीबाट ट्राफिक एफएम, मोतिराज शर्मा संघीय इकाई प्रहरी कार्यालय लुम्बिनीबाट गोर्खा, युवराज दाहाल दंगा नियन्त्रण गण काठमाडौंबाट बिराटनगर तालिम केन्द्र, योगेश शिवाकोटी कास्कीबाट लागूऔषध नियन्त्रण ब्यूरो, राजेन्द्र खतिवडा बेलचौतारा प्रहरी स्कूलबाट सर्लाही, दुईतिर रासन खाएकोमा विवादित राजेन्द्रप्रसाद खनाल नगरप्रहरीबाट कपिलवस्तु छन् ।
त्यस्तै रामबहादुर कार्की पहरा गण सामाखुसीबाट विधिविज्ञान प्रयोगशाला र सन्तोषकुमार गौतम सोलुबाट जनकपुर गण, शिवप्रसाद घिमिरे महाराजगंज सशस्त्र प्रहरी गणबाट दुहवी गण, संजीवकुमार कटुवाल सुनसरीबाट विपत ब्यवस्थापन महाशाखा, चिरन्जीवी न्यौपाने दुहवी गणबाट ओखलढुंगा, चन्द्रबहादुर मगर मुगुबाट कोहलपुर गण, गणेश थापा पोखराको गणबाट कास्की, तिलकवीर दानी बिराटनगर तालिम केन्द्रबाट मुगु, दीपेन्द्र थापा रामेछापबाट दुधौली तालिम केन्द्र सिन्धुली, धनन्जय गैंडा दुधौली तालिम केन्द्रबाट त्रिपुरेश्वर गण, नरेश चन्द कोहलपुर गणबाट कैलालीमा सरुवा भएका छन् । नारायण जोशी नेपालगंज तालिम केन्द्रबाट प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी र हरिबहादुर थापा प्रहरी युक्ति महाविद्यालय नवलपरासीबाट अछाममा सरुवा भएका छन् ।
त्यस्तै, जिल्ला र इप्रकामा सरुवा हुनेहरुमा विनोदसिंह राठौर भक्तपुरबाट कोहलपुर इप्रका, शंकर दवाडी पेट्रोल पम्पबाट अपराध महाशाखा, संजीवकुमार दुलाल चापागाउँबाट नुवाकोट, सचिनसिंह राठौर रोल्पा, रविन्द्रसिंह कुँवर ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गणबाट वप्रका चन्द्रौटा कपिलवस्तु, राजेन्द्र खड्का जनसेवा बृत्तबाट सिराहा छन् ।
तेजेन्द्रबहादुर सेन पर्वतबाट वप्रका बिराटनगर, दिग्गज ठकुराठी इप्रका टीकापुरबाट बैतडी, दीपक आचार्य कालिमाटी बृत्तबाट उदयपुर, ध्रुव हुमागाई विपत ब्यवस्थापन महाशाखाबाट हेटौंडा गणको लेखापालबाट पोखरीया इलाका प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
चम्पा भूजेल वडा प्रहरी कार्यालय भद्रपुरबाट वडा प्रहरी कार्यालय बुटवल, पूर्णबहादुर गुुरुङ इप्रका बर्दिबासबाट रसुवा, प्रकाश पराजुली सिराहाबाट इप्रका पथरी मोरङ, बच्चुराम बुढाथोकी काठमाडौं परिसरबाट सिमरा इप्रका, बबिता पुन स्याङ्जा, इलाका प्रहरी कार्यालय टा“डीका लेखापाल केदार अर्याल सिन्धुली, सुजुकुमार श्रेष्ठ इप्रका कटारीबाट भोजपुर, सुरेन्द्र चन्द संघीय इकाई कार्यालय जनकपुरबाट बझाङ, सूर्यबहादुर दनुवार प्रधानमन्त्री कार्यालय विशेष सुरक्षा इकाईबाट महोत्तरी सरुवा भएका छन् ।

प्रतिकृया दिनुहोस