• शनिबार-बैशाख-१५-२०८१

खेलकूद विधेयक छिट्टै निष्कर्षमा पुग्दै

 

काठमाडौँ, असार २९ : राष्ट्रियसभा, विधायन समितिमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद् र विभिन्न खेलकूद संघबीचको अन्तर्सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।

 


 राष्ट्रिय  खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरुले राष्ट्रिय खेलकूद परिषदमा नेपाल ओलम्पिक कमिटी र खेलकूद संघलाई अनिवार्यरुपमा आबद्धता गर्न आवश्यक रहेको सुझाव दिनुभयो । ओलम्पिक कमिटी र संघलाई परिषद् आबद्धता मात्रै गर्ने वा दर्ता नै गर्नुपर्ने कानूनी व्यवस्था गर्ने भन्ने बारेमा सांसदहरुले विभिन्न कोणबाट सुझाव दिनुभएको सदस्य ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए ।

 


    समितिको मंगलबार बस्ने बैठकले सांसदहरुले दिनुभएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पु¥याउने सभापति परशुराम मेघी गुरुङले बताए । उनले भने, ‘बैठकमा खेलकूद संघ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तरसम्बन्धलाई कसरी व्यवस्थितरुपमा व्यवस्थापन गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो ।’

 


    ओलम्पिक कमिटी र परिषद् मातहत रहेका संघबीचको सम्बन्धलाई व्यवस्थित तुल्याउँदै समग्र खेलकूद क्षेत्रको विकासलाई समयानुकूल तुल्याउने ऐन तर्जुमा गर्न आवश्यक रहेको सांसदहरुले बैठकमा सुझाव दिए ।  (रासस)

प्रतिकृया दिनुहोस