• बिहीबार-चैत-१५-२०८०

निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

 

चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति भएको छ । नायिका पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।  परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

 


    सहमतिपछि परिसरमा पत्रकारसँग  कुरा गर्दै नायिका पोखरेलले भनिन्, ‘मलाई जे प¥यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।’  पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए ।  ‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए  ।

प्रतिकृया दिनुहोस